बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय
शिक्षक आन्दोलन

शिक्षकहरूसँगको वार्तामा गृहमन्त्री लेखक सहभागी

बुधबार, १७ वैशाख २०८२, १५ : ४२
बुधबार, १७ वैशाख २०८२

काठमाडौँ । शिक्षकसँगको वार्तामा गृहमन्त्री रमेश लेखक समेत सहभागी भएका छन् । शिक्षामन्त्रालयमा सुरू भएको वार्तामा गृहमन्त्री लेखक समेत सहभागी भएका हुन् । 

यसअघि मंगलबार रातिसम्म भएको वार्तामा समेत गृहमन्त्री र अर्थमन्त्री विष्णु प्रसाद पौडेल सहभागी भएका थिए । 

बुधबार सहमतिलाई अन्तिम रूप दिनेगरी वार्तामा सुरु भएको हो । त्यसका लागि नेपाल शिक्षक महासंघका अध्यक्षसहितका पदाधिकारी तथा महासंघमा आबद्ध शिक्षक संगठनका पदाधिकारी सहभागी भएका छन् । 

बैठकमा नेकपा एमाले प्रमुख सचेत महेश वर्ताैला समेत सहभागी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप