बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय

७५ लागेँ मदनकृष्ण, ‘मह’ पुग्यो ४५ वर्ष

बुधबार, १७ वैशाख २०८२, १५ : ०१
बुधबार, १७ वैशाख २०८२

काठमाडौँ । नेपाली कला क्षेत्रका वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ  ७४ पुरा गरेर ७५ वर्ष लागेका छन् । उनले आज परेको आफ्नो जन्मदिन विभिन्न कार्यक्रममा सहभागी भएर मनाउँदै छन् । 

उनको जन्मदिनको अवसर पारेर बुधबार कीर्तिपुरमा एक रक्तदान कार्यक्रम आयोजना गरिएको छ । जसमा उनी अभिनय सहकर्मी हरिवंश आचार्यसँग सहभागी जनाएका छन् । 

आजैका दिन ‘मह’ अर्थात हरिवंश र मदनकृष्णको सहकार्य भएको हो । दुवैको सहकार्य आजबाट ४५ वर्ष पुगेको छ । दुवैको अवसर पारेर कीर्तिपुरमा रक्तदान कार्यक्रम आयोजना भएको हो । 

‘मह’ले जोडीका रूपमा नेपाल राष्ट्र बैङ्कको वार्षिक उत्सवमा पहिलो कार्यक्रम देखाएका थिए । यो कार्यक्रममा स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाह र उनकी पत्नी ऐश्वर्या मुख्य अतिथिको रूपमा सहभागी थिए ।

श्रेष्ठ आजै मध्यान्न ४ बजे पाठशाला नेपालको एक कार्यक्रममा सहभागी हुँदै छन् । उक्त कार्यक्रममा छोरा यमन श्रेष्ठसँगको सहकार्यमा तयार भएको गीत ‘मनमा पापको ‘प’ पनि’ सार्वजनिक हुँदै छ । कार्यक्रममा उनले जन्मदिनको केक काट्ने वा नकाट्ने केही जानकारी दिएनन् ।

गते अनुसार श्रेष्ठको जन्मदिन वैशाख ७ हो । तर उनी तारिक अनुसार अप्रिल १९ (तिथी अनुसार अक्षय त्रितिया)को दिन मनाउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप