वैदेशिक रोजगार विभागको महानिर्देशकमा भट्टराई
बुधबार, १७ वैशाख २०८२, १४ : ४१

काठमाडौँ । वैदेशिक रोजगार विभागको महानिर्देशकमा कमल प्रसाद भट्टराई जाने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशकको रूपमा कार्यरत भट्टराईलाई विभागको महानिर्देशकमा पठाएको हो।
श्रम मन्त्रालयले सुर्यबहादुर खत्रीको सरुवा गरेर मन्त्रालयमा फिर्ता बोलाएको थियो । उनको ठाउँमा सहसचिव जीवलाल भुसाललाई विभाग पठाएको थियो । तर, एक महिना पुग्न लाग्दा समेत भुसाल जान नमानेपछि मन्त्रालयले भट्टराईलाई पठाउने निर्णय गरेको हो।
भुसालले मन्त्रालयभन्दा बाहिर नजाने अडान लिएका थिए। त्यसपछि सरूवा भएको एक महिना पुग्न लाग्दा समेत उनी जान मानेका थिएनन्। उनी जान नमानेपछि श्रम मन्त्रालयले श्रमजन्य विभागका महानिर्देशक भट्टराईलाई पठाएको हो।
श्रमजन्य विभागमा भने श्रम मन्त्रालयका सहसचिव चक्रपाणी पाण्डेलाई पठाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा गर्बुजा नियुक्त
-
भावी बजेट : कृषि कटौतीको अर्थ के ?
-
बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ : उपप्रधानमन्त्री सिंह
-
'सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्छ'
-
भारत भर्सेस पाकिस्तान : कसको सेना कति बलियो छ?
-
गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद नहटाउन सर्वोच्चको अन्तरिम आदेश