बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय

पसलमा नक्कली नोट दिँदा प्रहरीको फन्दामा

बुधबार, १७ वैशाख २०८२, १४ : २६
बुधबार, १७ वैशाख २०८२

मोरङ । विराटनगर महानगरपालिका-१३ बाट भारतीय ५ सय दरका ७ थान नक्कली नोट सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत बिहार अररिया बस्ने १९ वर्षीया सिम्पी बैसन्तिलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

सोही ठाउँस्थित किराना पसलमा सिम्पीले सामान किने पश्चात् नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप