नवौँ पोखरा स्पोटर्स अवार्ड : ४ विधामा मनोनयन सार्वजनिक

पोखरा । नवौँ पोखरा स्पोटर्स अवार्डका लागि ४ विधामा मनोनयन सार्वजनिक भएको छ । आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले सार्वजनिक गरेको सूची अनुसार वर्ष उत्कृष्ट पुरुष खेलाडी विधामा भलिबलका विश्वास अधिकारी, टेनिसका प्रदीप खड्का र फुटबलका सुमित श्रेष्ठ मनोनयनमा परेका छन् ।
वर्ष उत्कृष्ट महिला खेलाडी विधाको मनोनयनमा भलिबलकी अरुणा शाही, आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर र फेन्सिङकी कृपा गुरुङ गरेकी छन् । वर्ष खेलाडी पुरुष र महिला हुने खेलाडीले इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन् ।
उदीयमान खेलाडीको विधामा एथलेटिक्सका बादल कार्की, भलिबलका जितबहादुर सार्की र क्रिकेटकी रचना चौधरी परेका छन् । उत्कृष्ट प्रशिक्षकमा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र फुटबलका राजेन्द्र तामाङ उत्कृष्ट ३ मा परेका छन् ।
वैशाख २६ गते पोखरा बुलौदीस्थित इभेन्ट सेन्टरमा आयोजना हुने स्पोट्र्स अवार्डमा कुल ७ विधामा अवार्ड प्रदान गरिनेछ । बाँकी विधाहरू लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल सङ्घ वा क्लब र पत्रकारिता अवार्डको घोषणा केही समय पछि सार्वजनिक गर्ने मञ्चले जनाएको छ ।
वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद सङ्घ संस्था वा क्लब तर्फका विजेताले नगद ३५ हजारसहित ट्रफी पाउनेछन् २०५७ सालमा स्थापना भएको खेलकुद पत्रकार मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोट्स अवार्ड गर्दै आएको छ । मञ्चमा हाल ७४ जना पत्रकार आबद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
बंगलामुखिको बार आज कुन राशिलाई कस्तो फल ?
-
किन आवश्यक छ सामाजिक सुरक्षा कोष ?
-
च्याम्पियन्स लिग : बार्सिलोना र इन्टर मिलानबीच कडा टक्कर
-
आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
-
डलरको भाउ घट्यो, यस्तो छ विदेशी मुद्राको विनिमय दर