बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय

युक्रेनी लडाईंमा ४७०० उत्तर कोरियाली सेना मारिए : दक्षिण कोरिया

बुधबार, १७ वैशाख २०८२, १४ : ०४
बुधबार, १७ वैशाख २०८२

सोल । युक्रेनविरुद्ध रुसी लडाईंमा उत्तर कोरियाली सेना रुसको तर्फबाट लडिरहेको भनेर उत्तर कोरियाली नेता किम जोङ्ग उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्वीकारोक्ति गरिसकेका छन् । यस्तोमा दक्षिण कोरियाले अब ठुलो दाबी गरेको छ ।

दक्षिण कोरियाको गुप्तचर निकायले युक्रेनी सेना विरुद्ध रुससँग मिलेर लड्दा ४ हजार ७०० भन्दा बढी उत्तर कोरियाली सैनिक मारिएको बताएको छ । गुप्तचर निकायले सांसदहरूलाई यो जानकारी दिएको हो । 

दुई दिनअघि उत्तर कोरियाले कुस्र्क क्षेत्रका केही भागहरू पुनः कब्जा गर्न रुसलाई मद्दत गर्न लडाकु सेना पठाएको बताएको थियो । दक्षिण कोरियाको गुप्तचर निकाय (एनआईएस) सँगको संसदीय समितिको बन्द कोठामा भएको बैठकमा भाग लिएका सांसद ली सियोङ–क्वेनले उत्तर कोरियाले ४ हजार ७०० सेनाले ज्यान गुमाएको बताए । यी मध्ये ६०० जनाको मृत्यु रुस–युक्रेन युद्ध मोर्चामा भएको भनिएको छ । 

जनवरी र मार्चको बिचमा दुई हजार घाइते उत्तर कोरियाली सैनिकहरूलाई हवाई वा रेलबाट उत्तर कोरिया फिर्ता पठाइएको जानकारी एनआईएसले दिएको उनले भनेका छन् । मृतक उत्तर कोरियाली सैनिकहरूलाई रुसमा गाडिएको अनि उनीहरूको अवशेष घर फिर्ता पठाइएको सांसदले बताए । 

युक्रेन युद्धमा सघाउने उत्तर कोरियाले १५ हजार जवानलाई रुस पठाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप