राजनीति
बिहीबारदेखि पठनपाठन हुने वातावरण बन्छ : सत्ता गठबन्धन
बुधबार, १७ वैशाख २०८२, १३ : ०४
१

काठमाडौँ । सत्ता गठबन्धन दलले काठमाडौँमा जारी शिक्षक आन्दोलन स्थगित हुने विश्वास लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता साझेदार दलहरूको बैठकले बिहीबारदेखि पठन पाठन हुनेगरी वातावरण निर्माण गर्ने विश्वास लिएको छ ।
बैठकबारे जानकारी दिँदै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले शिक्षक महासंघ र सरकारबिच वार्ता सकारात्मक भएकाले आज बेलुकासम्म सहमति हुने विश्वास व्यक्त गरे । भोलिसम्म निष्कर्षमा पुग्ने उनको भनाइ थियो ।
‘भोलिदेखि सहज ढङ्गले पठन पाठन हुने वातावरण निर्माण गर्ने सहमति भएको छ । शिक्षकहरूले ऐन नबनाइ नफर्किने अडान लिएका छन् । विधेयक एउटा प्रक्रियामा भएकाले केहि ढिलाइ भएको हो । मलाई विश्वास छ । शिक्षकहरूले आन्दोलन स्थगित गरी पठनपाठन हुने विश्वास लिएका छौँ’, उनले भने ।