बलिङ सल्लाहकारका रुपमा इङ्ल्यान्डको टोलीसँग जोडिँदै न्युजिल्यान्डका टिम साउथी

काठमाडौँ । इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले न्युजिल्यान्डका पूर्वखेलाडी टिम साउथीलाई आफ्नो राष्ट्रिय टोलीमा तीव्र गतिको बलिङ सल्लाहकारका रुपमा भित्राउने भएको छ । यसका लागि साउथीसँग कुराकानी भइरहेको बोर्डले जनाएको छ ।
३६ वर्षीय साउथी आफ्नो समयका प्रभावशाली तीव्र गतिका बलर हुन् । अहिले जेम्स एन्डरसन इङ्ल्यान्डको राष्ट्रिय टोलीमा तीव्र गतिको बलिङ सल्लाहकारको भूमिकामा छन् ।
तर, लंकासायरका लागि खेल्ने प्रतिबद्धताका कारण यो वर्ष उनले बलिङ सल्लाहकारको भूमिकाबाट बिदा लिँदैछन् । साउथीले गत डिसेम्बरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । उनी न्युजिल्यान्डका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी विकेट लिने बलर पनि हुन् ।
उनले न्युजिल्यान्डका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले टेस्ट क्रिकेटमा तीन सय ९१ र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई सय २१ विकेट लिएका छन् ।
यसैगरी उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि एक सय ६४ विकेट लिएका छन् । उनी इङ्ल्यान्डको राष्ट्रिय टोलीका वर्तमान प्रमुख प्रशिक्षक ब्रेन्डन म्याकुलमका राम्रा साथी पनि हुन् ।
सोही कारणले पनि बोर्डले साउथीलाई तीव्र गतिको बलिङ सल्लाहकारका रुपमा भित्र्याउन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला