आठसय वर्ष पुरानो पोखरी अतिक्रमणको चपेटामा

पर्सा–बारा जिल्लाको ऐतिहासिक क्षेत्र सिम्रौनगढको मानव निर्मित ५२ बिघामा पैmलिएको झरोखर पोखरी पछिल्लो समय अतिक्रमणको चपेटामा परेको छ ।
स्थानीयवासीका अनुसार मानव अतिक्रमण र मर्मत सम्भारको अभावमा ५२ बिघा क्षेत्रफलमा फैलिएकोे पोखरी २२ बिघामा खुम्चिएको स्थानीयवासीको भनाई छ ।
नेपाल–भारत सिमानाको १० गज्जासँगै जोडिएको झरोखर पोखरी लगभग आठ सय वर्ष पुरानो मानिन्छ ।
नेपाली र भारतीय पक्ष दुवैपक्षले पोखरी अतिक्रमण गरेको बारा सिम्रोनगढका मेनक रामले बताए ।
केही वर्ष अघिसम्म झरोखर पोखरीको डिलमा विभिन्न जनावरहरु पाईने तथा घना जङ्गल जस्तो देखिने बगैंचा पनि पछिल्ला दिनमा पातलिंदै गएको छ ।
पोखरीको छेउछाउमा गाईभैंसी बाँध्ने, ससाना घरटहरा बनाउने, खेती गर्न पोखरीको माटो काट्ने जस्ता काम भइरहेको गाउँका जेष्ठ नागरिक राजीव प्रसाद यादवले बताए ।
बारा सिम्रोनगढ एतीहासीक एवं धार्मिक स्थलका रुपमा परिचित रहेकोले सिम्रोनगढमा आन्तरीक एव बाह्य पर्यटकहरु आउने गरेको स्थानीयवासीहरु बताउँछन् ।
झरोखर पोखरीको उचित संरक्षण गर्न सकिए पर्यटकका लागि आकर्षणको केन्द्र बनाउन सकिने राजीव प्रसाद यादवले बताए ।
बारा सिम्रोनगढ नगरपालिकाका मेयर विजय यादवले पोखरी अतिक्रमण भएको स्वीकार्दै यसको संरक्षणका लागि आवश्यक पहल गर्ने बताए ।
झरोखर पोखरी , गुठी संस्थान वीरगंजको मातहतमा रहे पनि २०३५ सालदेखि साविकको गाविस कचोर्वाले ठेक्का लगाई आम्दानी लिने गरेको जनाईएको छ ।
पोखरी वरिपरि अवस्थित बगैंचा र माछापोखरी ठेक्काबाट बर्षेनी केही रकम आय आर्जन हुने गरेपनि पोखरीको संरक्षण र संवद्र्धन तर्पm कसैको ध्यान नपुगेको स्थानीयवासीले गुनासो गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनार्दन शर्मालाई प्रश्न– आगामी महाधिवेशनमा नेतृत्वमा प्रतिस्पर्धा गर्नुहुन्छ ?
-
‘शुभ विवाह’ मा सहकार्य गर्दै सुदर्शन र प्रदीप
-
पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनप्रति कांग्रेसको शोक प्रस्ताव (तस्बिरहरू)
-
परराष्ट्रको पत्र ‘गैरकानुनी’ भन्दै कूटनीतिक नियोगहरूलाई अर्को पत्र
-
नरेन्द्र मोदी र डोनाल्ड ट्रम्पबिच ३५ मिनेट फोनवार्ता : के –के भयो कुराकानी ?
-
तपाईलाई सुगर भएको त होइन ?