आठसय वर्ष पुरानो पोखरी अतिक्रमणको चपेटामा
पर्सा–बारा जिल्लाको ऐतिहासिक क्षेत्र सिम्रौनगढको मानव निर्मित ५२ बिघामा पैmलिएको झरोखर पोखरी पछिल्लो समय अतिक्रमणको चपेटामा परेको छ ।
स्थानीयवासीका अनुसार मानव अतिक्रमण र मर्मत सम्भारको अभावमा ५२ बिघा क्षेत्रफलमा फैलिएकोे पोखरी २२ बिघामा खुम्चिएको स्थानीयवासीको भनाई छ ।
नेपाल–भारत सिमानाको १० गज्जासँगै जोडिएको झरोखर पोखरी लगभग आठ सय वर्ष पुरानो मानिन्छ ।
नेपाली र भारतीय पक्ष दुवैपक्षले पोखरी अतिक्रमण गरेको बारा सिम्रोनगढका मेनक रामले बताए ।
केही वर्ष अघिसम्म झरोखर पोखरीको डिलमा विभिन्न जनावरहरु पाईने तथा घना जङ्गल जस्तो देखिने बगैंचा पनि पछिल्ला दिनमा पातलिंदै गएको छ ।
पोखरीको छेउछाउमा गाईभैंसी बाँध्ने, ससाना घरटहरा बनाउने, खेती गर्न पोखरीको माटो काट्ने जस्ता काम भइरहेको गाउँका जेष्ठ नागरिक राजीव प्रसाद यादवले बताए ।
बारा सिम्रोनगढ एतीहासीक एवं धार्मिक स्थलका रुपमा परिचित रहेकोले सिम्रोनगढमा आन्तरीक एव बाह्य पर्यटकहरु आउने गरेको स्थानीयवासीहरु बताउँछन् ।
झरोखर पोखरीको उचित संरक्षण गर्न सकिए पर्यटकका लागि आकर्षणको केन्द्र बनाउन सकिने राजीव प्रसाद यादवले बताए ।
बारा सिम्रोनगढ नगरपालिकाका मेयर विजय यादवले पोखरी अतिक्रमण भएको स्वीकार्दै यसको संरक्षणका लागि आवश्यक पहल गर्ने बताए ।
झरोखर पोखरी , गुठी संस्थान वीरगंजको मातहतमा रहे पनि २०३५ सालदेखि साविकको गाविस कचोर्वाले ठेक्का लगाई आम्दानी लिने गरेको जनाईएको छ ।
पोखरी वरिपरि अवस्थित बगैंचा र माछापोखरी ठेक्काबाट बर्षेनी केही रकम आय आर्जन हुने गरेपनि पोखरीको संरक्षण र संवद्र्धन तर्पm कसैको ध्यान नपुगेको स्थानीयवासीले गुनासो गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण