६ खेलको प्रतिबन्धमा परे रियल म्याड्रिडका एन्टोनियो रुडिगर

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडका प्रभावशाली डिफेन्डर एन्टोनियो रुडिगरमाथि ६ खेलको प्रतिबन्ध लगाइएको छ । कोपा डेल रेको फाइनल खेलका क्रममा रेफ्रीमाथि दुर्व्यवहार गरेको आरोपमा उनी प्रतिबन्धमा परेका हुन् ।
कोपा डेल रेको फाइनलमा रियल म्याड्रिड चिर प्रतिद्वन्द्वी बार्सिलोनासँग पराजित भएको थियो । फाइनल खेलको अन्त्यतिर रियलका डिफेन्डर रुडिगरले रेफ्रीलाई बरफको टुक्राले हिर्काएका थिए । सोही आरोपमा उनीमाथि ६ खेलको प्रतिबन्ध लगाइएको हो ।
३२ वर्षीय रुडिगरले खेल सकिनुभन्दा ठिकअघि रेफ्री रिकार्डो डे बर्गसलाई टाढैबाट बरफको टुक्राले प्रहार गरेका थिए । त्यसपछि उनलाई रातो कार्ड देखाउँदै मैदानबाट बाहिर निकालिएको थियो ।
स्पेन फुटबल महासंघको अनुशासन समितिले उक्त घटनालाई रेफ्रीमाथि गरिएको सामान्य दुर्व्यवहार सूचीमा राख्दै जर्मन खेलाडी रुडिगरमाथि ६ खेलको मात्र प्रतिबन्ध लगाइएको जनाएको छ ।
यदि, रुडिगरको अस्वाभाविक व्यहार नियम १०४ को विपरित देखिएको भए उनीमाथि तीनदेखि ६ महिनासम्मको प्रतिबन्ध लाग्न सक्ने अवस्था थियो । प्रतिबन्धमा परेपछि रुडिगरले अब स्पेनिस लिगको ६ वटा खेल गुमाउने छन् ।
यो सिजन रियल म्याड्रिडले स्पेनिस ला लिगामा ६ खेल खेल्न बाँकी नरहेकाले रुडिगरको प्रतिबन्ध अर्को सिजनको ला लिगासम्म लम्बिने समाचारमा जनाइएको छ ।
यसको अर्थ, रुडिगरले जारी सिजनको ला लिगाको पाँच र सन् २०२५–२६ सिजनको ला लिगाको पहिलो खेल गुमाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला