‘ऊनको स्वीटर’ साँझमा गुन्जिए सुजन, ट्रेलर पनि सार्वजनिक

काठमाडौँ । मङ्गलवार साँझ नेपाल प्रज्ञा प्रतिष्ठान गायक सुजन चापागाईंले तताए । ‘लजाएर एक्लै किन बसेकी मायालु’ बोलको गीतबाट प्रस्तुति सुरु गरेका उनले करिब ३ घण्टा साङ्गीतिक महोल बनाए ।
करिब दुई वर्षपछि लाइभ कन्सर्टमा फर्किएका उनले २६ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘ऊनको स्वीटर’ को प्रचार प्रसारको भिन्न शैलीस्वरुप कन्सर्टमा उत्रिएका थिए । कार्यक्रममा उनले ‘गाला पुक्क’, ‘तीनपाते’ लगायतका गीत सुनाए ।
कार्यक्रममा चलचित्र ‘ऊनको स्वीटर’ को ट्रेलर पनि प्रस्तुत गरिएको थियो । चलचित्रमा पाँचथरका अलौकिक दृश्यहरूमा कथालाई काव्यात्मक बुनेका निर्देशक चौहानले बताए ।
कार्यक्रममा फिल्मको ‘काफ्ले’ गीत पनि गुन्जिएको थियो । गीतमा फिल्मकै कलाकार एलेक्स पारस, परीक्षा लिम्बुले नृत्य प्रस्तुत गरेका थिए । सुजनलाई गायनमा गायिका सलिना विकले साथ दिएकी थिइन् । साङ्गीतिक टिममा सुजनसँगै सञ्जीव बराइली, नकुलसिंह गुरुङ, प्रिन्स नेपाली, जगन्नाथ धौगोडा, दीपेन्द्र काफ्ले, सन्देश महर्जन थिए ।
कार्यक्रममा उपसभामुख इन्दिरा रानामगर, सांसद सुहान नेम्वाङ, अशोककुमार चौधरी, सोविता गौतमलगायत सहभागी थिए । चलचित्र ‘ऊनको स्वीटर’ मा विपिन, मिरुना, एलेक्स, परीक्षा, सुरज, भावनासँगै विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय छ ।
सुजन चापागाईँ र झुमा लिम्बुको सङ्गीत र नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध र नेपाली समाजका जीवन्त रङ्गहरूलाई एउटै कथामा गाँस्ने प्रयास गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इयुसँगको सम्बन्धले विश्व अर्थतन्त्र र व्यापारमा ‘बहुमूल्य स्थिरता’ प्रदान गर्छ : चीन
-
रेशम चौधरी रिहा हुँदै
-
रेशमलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्चका अधिकृत पक्राउ
-
सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध, सेवाग्राही मर्कामा
-
पूर्व इस्कन नेता चिन्मय कृष्ण दासले पाए जमानत
-
डा. सुवेदीलाई ‘युगकवि सिद्धिचरण पुरस्कार’