कसले बनायो सामन्थाको मन्दिर ?

नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुको मन्दिर बनाइएको छ । दक्षिण भारतमा फ्यानहरू आफूलाई मनपर्ने स्टारहरूलाई भगवान जस्तै व्यवहार गर्छन् । यो सूचिमा रजनीकान्त, जयललिता, खुश्बु सुन्दर र नमिता पछि अब सामन्थाको नाम थपिएको ।
एक फ्यानले सामन्थाको मन्दिर बनाएका छन् । यसको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अभिनेत्री सामन्था रुथ प्रभुकी एक कट्टर प्रशंसकले आन्ध्र प्रदेशमा उनको सम्मानमा एउटा मन्दिर बनाएका हुन् ।
२८ अप्रिलमा, अभिनेत्रीले आफ्नो ३८ औं जन्मदिन मनाउँदै गर्दा उनको यी फ्यानले यही मन्दिरमा केही अनाथ बालबालिकाका खाना पनि खुवाएका थिए । एउटा भाइरल भिडियोमा सामन्थाका दुई मूर्तिहरू देखाइएको छ, एउटा मूर्ति अलि ठूलो छ भने अर्को सानो । यी दुबैलाई समर्पित मन्दिरको बीचमा राखिएको छ ।
उनको जन्मदिन मनाउन मन्दिरलाई फूल र झण्डाले सजाइएको थियो । तेनाली सन्दीप नामक यी फ्यानले बच्चाहरूसँग केक काटे । यस विशेष अवसरमा उनले बच्चाका लागि विशेष लञ्च पार्टीको पनि आयोजना गरे ।
हरेक वर्ष सामन्थाको जन्मदिन मनाउँछन् यी फ्यान
‘मेरो नाम तेनाली सन्दीप हो । म आन्ध्र प्रदेशको बापटलाको अलापाडु ग्राममको हुँ । म सामन्था गारुको ठूलो प्रशंसक हुँ । म विगत तीन वर्षदेखि उनको जन्मदिन मनाउँदै आएको छुँ । मैले त्यतिबेला यो मन्दिर बनाएको थिएँ । हरेक वर्ष, म बच्चाहरूलाई खाना खुवाउँछु र त्यो दिन केक काट्छु । उनको परोपकारले मलाई प्रेरणा दिन्छ र म उनको पाइला पछ्याउन चाहन्छुँ ।’ प्रशसंकले मिडियालाई भनेका छन् ।
सामन्था अन्तिम पटक २०२४ को प्राइम भिडियो शृंखला ‘सिटाडेलः हनी बन्नी’मा वरुण धवनको अपोजिटमा देखिएकी थिइन् । उनी छिटै ‘माँ अन्तरी बंगारम’मा देखिदैछिन् । यो फिल्म सामन्थाको ब्यानर, त्रालाला मुभिङ पिक्चर्स अन्तर्गत बनिरहेको छ । यसबाहेक, उनी राज र डीकेको आगामी नेटफ्लिक्स शृंखला ‘रक्त ब्रम्हान्डः द ब्लडी किंगडम’मा पनि देखिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिश हुने प्रक्षेपण
-
काठमाडौँसहित छुट्टाछुट्टै सवारी दुर्घटना, पाँच जनाको मृत्यु
-
ब्याट्सम्यानहरू निरीह बनेपछि भारतको आसामसँग हार्यो कोशी प्रदेश
-
रेशमलाई थुनामा राख्न सर्वोच्चले आज पठाएको पत्रमा के छ ?
-
७५ लागेँ मदनकृष्ण, ‘मह’ पुग्यो ४५ वर्ष
-
एसियाली खेलकुदमा क्रिकेट पनि समावेश गरियो