बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटोफिचर

जनमत र नागरिक उन्मुक्तिको एकता घोषणासभामा खुलेन प्रज्ञाको ढोका, तस्बिरहरु

बुधबार, १७ वैशाख २०८२, ११ : ४५
बुधबार, १७ वैशाख २०८२

काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा प्राविधिक समस्या देखिएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा भवनको हल बुकिङमा कमजोरी हुन सहभागीहरूले प्रवेश नै नपाएका हुन् । 

आयोजकले हल बुकिङको प्रक्रिया पूरा नगरी त्यहाँ पुग्दा सहभागीहरूका लागि हलको ढोका नै नखुलेको हो । यो समाचार तयार गर्दासम्म हल प्रवेश गर्ने ढोका नखुल्दा सहभागीहरू बाहिरै भएका छन् ।  प्रज्ञा स्रोतका अनुसार आयोजकले हल प्रयोग गर्ने भनेर मौखिक जानकारी गराएपनि भाडा तिर्नेलगायका प्रक्रिया पूरा नगर्दा ढोका खुला नगरिएको हो । 

janamat-nagarik-unmukti-pragya (1)

जनमत पार्टीका प्रवक्ता शरतसिंह यादवले हल बुकिङको प्रक्रिया पूरा गर्न केही प्राविधिक कमजोरी भएको स्वीकारे । उनले पर्यटन राज्यमन्त्री अरुण चौधरीले बुकिङको जिम्मा लिएको बताउँदै केही कमजोरी भएपनि अब छिट्टै प्रक्रिया पूरा गरेर सोही हलमा कार्यक्रम गरिने बताए । हल बुकिङमा समस्या हुँदा ११ बजे हुने भनिएको घोषणा सभा सुरु हुन ढिलाइ भएको छ ।

janamat-nagarik-unmukti-pragya (2)janamat-nagarik-unmukti-pragya (3)janamat-nagarik-unmukti-pragya (4)janamat-nagarik-unmukti-pragya (5)janamat-nagarik-unmukti-pragya (6)janamat-nagarik-unmukti-pragya (7)janamat-nagarik-unmukti-pragya (8)janamat-nagarik-unmukti-pragya (9)janamat-nagarik-unmukti-pragya (10)janamat-nagarik-unmukti-pragya (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप