कोलकाताको होटलमा आगलागी, १४ जनाको मृत्यु, १३ घाइते

कोलकाता । कोलकाताको फालपट्टी क्षेत्रमा रहेको एक होटलमा मंगलबार राति आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । होटलबाट २२ जनालाई उद्धार गरिएको थियो भने अहिले आगो नियन्त्रणमा ल्याइएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा दुई महिला र एक बालक पनि रहेका छन् । साथै, मृतक११ जना पुरुषमध्ये हालसम्म ८ जनाको पहिचान भएको छ ।
प्रहरी आयुक्त मनोज वर्माले स्थानीय समयअनुसार राति करिब ८ः१५ बजे ऋतुराज होटलमा आगलागी भएको बताए । जानकारी पाउने बित्तिकै दमकल र प्रहरी टोली घटनास्थलमा पुगेर राहत र उद्धार कार्य सुरु गरेको थियो ।
दुर्घटनाको अनुसन्धान गर्न विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको छ । प्रारम्भिक अनुसन्धानमा होटलको चौथो तल्लामा जडान गरिएको बिजुलीको मिटरमा सर्ट सर्किट भएर आगलागी भएको खुलेको छ ।
घटनास्थलमा उपस्थित एक प्रत्यक्षदर्शीले धेरै मानिसहरू ज्यान बचाउन होटलको छत र झ्यालबाट हाम फालेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी सरकारले दुई नयाँ सचिवको जिम्मेवारी तोक्यो
-
रेशम चौधरीबारे फैसला कार्यान्वयनको पत्र, ‘कैदमा राख्नु सिधा खर्च दिनु’
-
पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न फोटो यात्रा
-
पसलमा नक्कली नोट दिँदा प्रहरीको फन्दामा
-
सोती घटनामा संलग्नलाई सफाइ दिने न्यायाधीशलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन (तस्बिरहरू)
-
परेवा उडाएर ‘बिगुल’ को शुभ–मुहूर्त