बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय

धादिङमा कुटपिट गरेर पुरुषको हत्या गरेको आरोपमा एक जना पक्राउ

बुधबार, १७ वैशाख २०८२, १० : २५
बुधबार, १७ वैशाख २०८२

काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित रायोटारमा मृत भेटिएका सुक बहादुर तामाङ ‘सुबा’ को हत्या भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । रुबिभ्याली गाउँपालिका–४ घर भएका सुक बहादुर वैशाख १२ मा नीलकण्ठ नगरपालिका–४ रायोटार प्लटिङ सडकमा मृत भेटिएका थिए ।

उनलाई कुटपिट गरेर हत्या गरिएको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले रातोपाटीलाई बताए । ५० वर्षीय सुक बहादुर तामाङको हत्यामा संलग्न आरोपमा प्रहरीले सुमन सुनारलाई पक्राउ गरेको छ । 

गजुरी गाउँपालिका–५ स्थित न्यौपाने गाउँ घर भएका २० वर्षीय सुमन  नीलकण्ठ नगरपालिका स्थित रायोटारमा बस्दै आएका थिए । डीएसपी हमाल भन्छन्, ‘आरोपीले कुटपिट गरेर हत्या गरेको देखिन्छ ।’ 

वैशाख १४ मा प्रहरीले आरोपीविरुद्ध धादिङ जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा ६ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप