‘मोहर’को फस्टलुक रिलिज, यस्तो छ पल, बेनिशा र नीतिको गेटअप

काठमाडौँ । साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को फस्टलुक यसको निर्माणपक्षले सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरूलाई स्थान दिइएको छ ।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य नायक पल शाह र नायिकाद्धय बेनिशा हमाल र नीति शाहलाई स्थान दिइएको छ । यस्तै, अर्का कलाकार अर्जुन जंग शाहीलाई पनि पोस्टरमा देख्न सकिन्छ । पोस्टरमा पल शाह केही रिसाएको अनुहारसहित कतै हेरेको देख्न सकिन्छ । बेनिशाको अनुहारमा डर भाव छ भने नीति हर्षित मुद्रामा देखिन्छिन् ।
फिल्मको पोस्टरमा यसको नाम र लोगोलाई ठुलो स्थान दिइएको छ । यो फिल्ममा मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बाल–कलाकार सारा शर्माको पनि अभिनय छ ।
ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मका निर्माता चुम्बन जंग शाही हुन् । फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्ममा दीपेन बस्न्यातको डीओपी, कुमार महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ ।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यो फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन छ । लक्ष्मणराज पौडेल निर्माण नियन्त्रक रहेको यो फिल्मको छायाङ्कन दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौँमा गरिएको हो ।
‘मोहर’को पोस्टर सार्वजनिक भएसँगै दर्शकहरुमा अझै उत्साह र आशा बढ्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिक वर्गले परिवर्तनको नेतृत्वदायी भूमिका खेल्न सक्छन् : पूर्वप्रधानमन्त्री खनाल
-
राजधानीमा एकाबिहानै वर्षा, खराब मौसमले उडान प्रभावित
-
श्रमिकको पसिनाले देश अगाडि बढेको छ : प्रधानमन्त्री
-
श्रमजीवीको संघर्षकै कारण देशमा गणतन्त्रात्मक व्यवस्था कायम भएको हो : प्रचण्ड
-
‘कि जितिन्छ, कि बितिन्छ’ भन्दै सडकमा आएका शिक्षकहरूको उधारो सहमति
-
सुनसरीबाट ७ सय ८३ किलो गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा