जनमत र नागरिक उन्मुक्ति पार्टीबिच एकता घोषणा आज
बुधबार, १७ वैशाख २०८२, ०७ : १२

काठमाडौँ । डा सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी बिच आज एकता घोषणा हुने भएको छ । दुवै पार्टी एकताका लागि करिब दुई वर्षदेखि प्रयासरत थिए ।
यसअघि दुई पार्टीका बिचमा कार्यगत एकताका लागि मोर्चा समेत बनेको थियो । अन्ततः दुवै पार्टीको बिचमा एकता हुने निश्चित भएको हो । नयाँ बन्ने पार्टीको कार्यकारी अध्यक्षमा राउत रहनेछन् भने संरक्षकमा रेशम चौधरी र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने सहमति भएको छ ।
पार्टीको नाम नागरिक जनमत रहनेछ । केन्द्रीय सदस्यहरू आधा–आधा राख्ने सहमति भएको बताइएको छ ।
पार्टी एकता भएपछि सङ्घीय संसदमा नागरिक जनमत पार्टीको १० सिट हुनेछ । हाल जनमत पार्टीको ६ र नागरिक उन्मुक्ति पार्टीको ४ सिट रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र भाजपा विदेश विभाग प्रमुखबिच भेटवार्ता
-
रुस नजाने भए मोदी
-
ट्रम्पको ठट्टा : पोप बन्न चाहन्छु
-
रेशमलाई भेटेपछि सीकेले भने, ‘एकीकरणकै दिन किन पक्राउ गरियो ? यो धेरै ठुलो प्रश्न हो’
-
कृषि क्षेत्रको वृद्धिदर ३.२८ प्रतिशत हुने प्रारम्भिक अनुमान
-
प्रधानमन्त्री ओलीको टिप्पणी– लभ गर्न पनि नपाइने भयो कि क्या हो !