नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल

आज विक्रम संवत २०८२ साल वैसाख १७ गते, बुधबार । ईश्वी सन् २०२५ अप्रिल ३० तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४७ । वैसाख शुक्लपक्ष । तिथि–तृतीया, ३२ घडी ३२ पला, बेलुकी ६ बजेर २८ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–रोहिणी, ३७ घडी ४८ पला, बेलुकी ८ बजेर २५ मिनेट उप्रान्त मृगशिरा । योग–शोभन, २६ घडी २९ पला, बेलुकी ४ बजेर ३ मिनेट उप्रान्त अतिगण्ड । करण–तैतिल, बिहान ७ बजेर ३३ मिनेट उप्रान्त गर, बेलुकी ६ बजेर २८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–बृष । काठमाडौंंमा सूर्योदय बिहान ०५ बजेर २८ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ३६ मिनेट । दिनमान ३२ घडी ५२ पला ।
आजको बार बेला
- बिहान ५ बजेर २८ मिनेटसम्म लाभ बेला ।
- बिहान ५ बजेर २९ मिनेटदेखि बिहान ७ बजेर ६ मिनेटसम्म अमृत बेला ।
- बिहान ७ बजेर ७ मिनेटदेखि बिहान ८ बजेर ४५ मिनेटसम्म काल बेला ।
- बिहान ०९ बजेर ४६ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म शुभ बेला ।
- बिहान १० बजेर २४ मिनेटदेखि बिहान १२ बजेर २ मिनेटसम्म रोग बेला ।
- मध्यान्ह १२ बजेर ३ मिनेटदेखि दिउँसो १ बजेर ४० मिनेटसम्म उद्धेग बेला ।
- दिउँसो १ बजेर ४१ मिनेटदेखि दिउँसो ३ बजेर १९ मिनेटसम्म चर बेला ।
- दिउँसो ४ बजेर २० मिनेटदेखि बेलुकी ४ बजेर ५८ मिनेटसम्म लाभ बेला ।
- बेलुकी ४ बजेर ५९ मिनेटदेखि बेलुकी ७ बजेर ५८ मिनेटसम्म उद्धेग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो १२ बजेर १ मिनेटदेखि दिउँसो १ बजेर ४० मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहुर्त
बिहान ३ बजेर ५३ मिनेटदेखि बिहान ४ बजेर ४१ मिनेटसम्म ब्रहा मुहुर्त रहनेछ ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउनेछ । आफन्तबाट भनेजस्तो सहयोग पाइने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढी नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पछिसम्म आम्दानी हुने व्यवसाय वा शेयरबजारमा लगानी बढाउन सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पुराना कामबाट लाभ लिने समय रहेकोछ भने व्यापार वा शेयरबजारबाट मनग्गे आम्दानी हुनेछ । समयको सहि सदुपयोग गरी रचानात्मक गर्दै समाजमा नाम कमाउन सकिनेछ । साथीभाइको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडीहरुका लागि समयले साथ दिनेछ भने नयाँ नया प्रेम प्रस्ताव आउनेछ । विद्यार्थीले पढाइमा राम्रो प्रगति गरी आफन्त तथा गुरुवर्गलाई खुशी राख्न सक्नेछन् ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अर्थ संकलन तथा आर्थिक अवस्था कमजोर हुने हुँदा कामहरु रोकिन सक्छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समय देखिको सम्बन्ध टुट्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । र, पनि विदेशमा बसेर अध्ययन तथा श्रम गर्नेका लागि भने समय फलदायी रहनेछ । विदेशी लगानीमा सञ्चालित संस्थाबाट मनग्गे लाभ लिन सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डें) अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरी अरुभन्दा अगाडि बढ्न सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुनेछ भने परिवारका आवश्यकताहरु पूरा गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ काम पाउने तथा नोकरीमा पदोन्नती हुने समय रहेको छ । साथीभाइसँग रमाइलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैत्रिक सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नती हुनेछ । उत्पादनमुलक क्षेत्र वा शेयरबजारमा आज गरिने लगानीबाट प्रतिफल प्राप्त हुनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसियाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । सांगीतिक माहोलमा समय व्यतित हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा राम्रो स्थानमा स्थानान्तरण हुने योग रहेकोछ । पुराना काम सफलतापूर्वक सम्पन्न हुने हुनाले मन प्रशन्न हुनेछ । सानो सानो प्रयत्न गर्दा पनि मनग्गे आम्दानी हुनेछ भने व्यापार व्यवसाय फस्टाएर जानेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तिरको यात्रा गर्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यवसायमा लगानी नगर्नु नै उचित हुनेछ, आजको दिन घाटा लाग्ने योग रहेको छ । परिवारमा आफन्त तथा पति पत्नीबीच विवाद बढ्नेछ भने चेली माइतीबीचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरु नै लागि पर्नेछन् । कामहरु समयमा सम्पन्न नहुने हुँदा दुःख पाउने समय रहेकोछ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरु सुल्झाउन असजिलो हुनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजाँदा अरुभन्दा पछि परिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आर्थिक अवस्था राम्रो हुने हुँदा भौतिक सम्पत्ति तथा विलाशी वस्तुहरु जोड्न सकिनेछ । लामो समयदेखिको प्रेमलाई विवाहमा परिणत गर्नका लागि प्रक्रिया अगाडि बढ्नेछ भने पति पत्नीबीच आत्मियता बढेर जानेछ । अध्ययन अध्यापनमा समय खर्चिनेहरुले सोचेजस्तो नतिजा हात पार्न सक्नेछन् । व्यापार व्यवसाय, शेयरबजारको लगानी फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा लामो दुरीको यात्रा हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो समयदेखि रोकिएका कामहरु सम्पन्न हुनाले मन प्रशन्न हुनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । निर्माण सामाग्री, खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । आफन्त तथा मावलीको सहयोग प्राप्त हुनेछ । न्यायलयबाट हुने न्याय सम्पादन तपाईंकै पक्षमा फैसला हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले यात्राको अवसर जुराउनेछ । वित्तीय क्षेत्र तथा शेयरबजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मन परेको मानिसबाट विलाशी सामान उपहारको रुपमा प्राप्त हुनेछ । लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने समहति जुट्नेछ । अध्ययनमा मन जाने तथा अनुसन्धानको क्षेत्रमा नतिजा हात पार्न सकिनेछ । शेयरबजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । वंश बृद्धिको योग रहेकोछ भने सन्तानको प्रगतिमा मन रमाउनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफुले प्रयोग गर्ने सवारी साधन प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । घर जग्गा तथा माटोसँग सम्बन्धित कामबाट केही मात्रामा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई आधुनिकीकरण गरी मनग्गे लाभ लिन सकिनेछ । आमा वा आफन्तसँग टाडिएर टाडाको यात्रा हुदा मन खिन्न हुनेछ । माया प्रेममा सामान्य मनमुटावको सिर्जना नहोला भन्न सकिन्न ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो बर्चस्व बढाउन सकिनेछ । समयको भरपुर सदुपयोग गरी भाग्यबृद्धि गर्न सकिने साथै दिगो फाइदा हुने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाई तथा आफन्तको सहयोग हुने हुँदा मन प्रशन्न हुनेछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । छोटो, रमाइलो तथा उपलब्धिमूलक यात्रा हुने अधिक सम्भावना रहेको छ ।
तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीका शीर्ष नेताले बुझाए प्रधानमन्त्रीलाई मागपत्र, के के छन् मागहरु ?
-
कांग्रेस सभापति देउवालाई भेटे चौथाइवालेले
-
‘फेक पत्र’ले पक्राउ परेका रेशम चौधरी रिहा
-
नायिका पन्तलाई प्रधानमन्त्री ओलीको ढाडस– स्वतन्त्रताको झन्डा उठाउने थुप्रै छन्
-
यी हुन् कलेजो बिगार्ने ६ कुरा
-
सीके राउत पुगे डिल्लीबजार कारागार