बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय

च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा पीएसजी विजयी, आर्सनल पर्‍यो दबाबमा

बुधबार, १७ वैशाख २०८२, ०५ : ०९
बुधबार, १७ वैशाख २०८२

काठमाडौं । च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजीले इंग्लिश क्लब आर्सनललाई हराएको छ । इमिरेट्स स्टेडियममा भएको पहिलो लेगमा पीएसजी १-० ले विजयी भएको हो । पाहुना टोलीलाई जिताउन उस्मान डेम्बलेले निर्णायक गोल गरे । 

डेम्बलेले चौथो मिनेटमा गरेको गोल निर्णायक बनेको हो । ४७ औं मिनेटमा आर्सनलका मिकेल मेरिनोले लेगको प्रहारलाई भीएआरले मान्यता दिएन । त्यसपछि दुबै टोलीबाट कुनै गोल हुन सकेन । 

यो हारसँगै म्युनिखमा हुने फाइनलमा पुग्न आर्सनलाई ठूलो चुनौति थपिएको रुपमा विष्लेषण हुन थालेको छ । र, आउँदो बुधबार पेरिसमा हुने दोस्रो लेगका लागि आर्सनल पहिल्यै दबाबमा परेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप