बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन

मङ्गलबार, १६ वैशाख २०८२, २२ : ५८
मङ्गलबार, १६ वैशाख २०८२

काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकहरुबिच भएको वार्ता निष्कर्षविहीन भएको छ । मंगलबार रातिसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता निष्कर्षविहीन भएको हो । 

 वार्ता सकिएपछि शिक्षामन्त्री रघुजी पन्तले छलफल सकारात्मक भएको प्रतिक्रिया दिएपनि थप बोलेनन् । उनले भने, ‘हामी शिक्षकहरुसँग वार्तामा छौँ । त्यो वार्ता सकारात्मक ढंगले अघि बढिरहेको छ । सम्भव भएसम्म हामी त्यसलाई छिटो टुंग्याउन प्रयत्न गर्छौँ ।’ 

 लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी थियो ।  शिक्षक सङ्गठनहरूले विभिन्न माग राखी चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । 

यसअघि सोमबार भएको वार्ता पनि निष्कर्षविहीन बनेको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप