बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतमा पाकिस्तानी कलाकारहरूमाथि प्रतिबन्ध लगाइएकोमा जावेद अख्तरले के भने ?

मङ्गलबार, १६ वैशाख २०८२, २१ : २८
मङ्गलबार, १६ वैशाख २०८२

काठमाडौँ । प्रसिद्ध गीतकार तथा लेखक जावेद अख्तरले भारतमा पाकिस्तानी कलाकारहरूमाथि लगाइएको प्रतिबन्धको बारेमा बयान दिएका छन् । 

उनले भारतले सधैँ पाकिस्तानी कलाकारहरूलाई स्वागत गरे पनि पाकिस्तानको तर्फबाट त्यस्तो नभएको बताएका हुन् ।

समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै उनले भने , “पहिलो प्रश्न उठ्छ कि हामीले पाकिस्तानी कलाकारहरूलाई भारत आउन अनुमति दिनुपर्छ कि पर्दैन। यसमा दुई प्रकारका विचारहरू छन्, र दुवै सही देखिन्छन्। अहिलेसम्म यो सधैँ एकतर्फी भएको छ, नुसरत फतेह अली खान, गुलाम अली, नूरजहाँ भारत आए र हामीले उनीहरूलाई खुला हृदयले स्वागत गर्‍यौँ । तर हामीलाई पाकिस्तानबाट कहिल्यै पनि त्यस्तै स्वागत भएन ।

उनले थपे, “प्रसिद्ध पाकिस्तानी कविहरूले लता मंगेशकरका लागि गीत लेखेका थिए र लताजी ६० र ७० को दशकमा भारत र पाकिस्तान दुवैमा धेरै लोकप्रिय थिइन्। तैपनि, किन उनले कहिल्यै पाकिस्तानमा प्रस्तुति दिइनन्? यसको अर्थ यो होइन कि पाकिस्तानी जनताले उनलाई मन पराउँदैनथे। तर कतै न कतै केही अवरोध थियो र त्यो अवरोध सम्भवतः प्रणालीमा थियो, जुन मैले बुझेको छैन। त्यसैले यो सम्बन्ध एकतर्फी भएको देखिन्छ ।’

अख्तरले थप भने, ‘अब दोस्रो कुरा के हो भने यदि हामीले पाकिस्तानी कलाकारहरूलाई आउनबाट रोक्यौँ भने, यसबाट पाकिस्तानमा कसलाई फाइदा हुन्छ ? सेनालाई वा कट्टरपन्थीहरूलाई? उनीहरू यही चाहन्छन्, दूरी कायम रहोस् । त्यसैले दुवै पक्ष आ–आफ्नो ठाउँमा ठिक छन् । तर अहिलेको अवस्था हेर्दा, म भन्छु उनीहरूलाई अहिले आउन दिनु ठिक होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप