बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

पाकिस्तानका रक्षामन्त्रीको एक्स खाता भारतमा ब्लक

मङ्गलबार, १६ वैशाख २०८२, २१ : २३
मङ्गलबार, १६ वैशाख २०८२

काठमाडौँ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफको एक्स खाता मंगलबार भारतमा ब्लक गरिएको छ । 

पहलगाममा भएको हमलापछि भारत सरकारले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन गर्ने निर्णय गरेको थियो । योसँगै भारतले अटारी सीमा बन्द गरेको छ भने पाकिस्तानलाई दिएको भिसा सम्बन्धी सुविधा पनि बन्द गरेको छ ।

पहलगाम आक्रमणपछि बीबीसीलाई दिएको एक अन्तर्वार्तामा ख्वाजा आसिफले भारतले पाकिस्तानविरुद्ध चालेका कदमहरूको जवाफ दिएका थिए । 

उनले भनेका थिए, ‘हामी भारतले पछिल्लो २४ घण्टामा गरेको कामको जवाफ दिइरहेका छौँ। हामी यसलाई चुपचाप हेरिरहन सक्दैनौँ। हामीले पनि त्यस्तै तरिका र शैलीमा जवाफ दिनुपर्‍यो ।’
यसबाहेक, पाकिस्तानी रक्षामन्त्रीले अन्य मिडियामा पनि धेरै बयान दिएका थिए ।

image

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?