बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?

मङ्गलबार, १६ वैशाख २०८२, २० : ३८
मङ्गलबार, १६ वैशाख २०८२

काठमाडौँ । नेपाल प्रहरीले डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिने उपायबारे जानकारी गराएको छ । प्रहरीले मंगलबार एक सूचना जारी गर्दै डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिने उपायबारे जानकारी गराएको हो ।

डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन बलियो पासवर्ड राख्न प्रहरीले सुझाएको छ । सूचना प्रवाहका लागि जडान गरिएका डिजिटल बोर्डहरू ह्याक हुने क्रम बढिरहेको बताउँदै प्रहरीले जारी गरेको सूचनामा भनिएको छ,‘यसको मूख्य कारण डिफल्ट युजर वा कमजोर पासवर्ड प्रयोग गर्नु हो । त्यसैले यस्ता पासवर्डहरुलाई समयसमयमा परिवर्तन गरी बलियो पासवर्ड राखी सुरक्षित रहनहुन अनुरोध गर्दछौँ ।’

पछिल्लो पटक सरकारी कार्यालयहरुमा जडान गरिएका डिजिटल बोर्डहरू ह्याक भइरहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप