एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर

काठमाडौँ । एलओडी क्लबका निर्देशक भुपेन शमशेर कुँवरले अन्तर्राष्ट्रिय बजारमा एलओडीलाई बजारीकरण गर्ने गरी काम अगाडि बढिरहेको बताएका छन् ।
सोमबार साँझ क्लबमा आयोजित अन्तर्क्रियामा उनले अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाइसकेको क्लब भएकाले अन्तर्राष्ट्रिय बजारमा क्लबलाई लैजाने योजना रहेको बताएका हुन् ।
उनले क्लबको आन्तरिक सजावटका लागि नयाँ स्वरूपमा बदल्ने गरी काम भइरहेको जानकारी दिए । उनका अनुसार नयाँ सिट व्यवस्थापन भइसकेको छ । लाइट, म्युजिक सिस्टम र होल इन्टिरियरिङ डिजाइन परिवर्तन गर्ने योजना रहेको कुँवरले प्रस्ट पारे ।
‘अन्तर्राष्ट्रिय बजारमा एलओडीलाई कसरी बढीभन्दा बढी मार्केटिङ गर्ने भनेर अगाडि गइन्छ,’ उनले भने,'सासाथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको जमघट गराएर ठूला ठूला कार्यक्रम गर्ने योजना छ । ग्राहक तथा पाहुनालाई स्वागत गर्ने तरिकालाई थप प्रभावकारी बनाइनेछ ।'
त्यसैगरी क्लब जाने मानिस बिग्रने विकृति ल्यायो जस्ता धारणा बन्ने गरेको उनले दुःखेसो पोखे । निर्देशक कुँवरले एलओडी क्लबले क्लबप्रतिको धारणालाई कता कता चिर्न सकेको दाबी गरे । जहाँ क्लब जानु भनेको नराम्रो मानिने समाजमा हाम्रो जीवन रहेको उनको बुझाइ छ ।
उनले विचार र नियत राम्रो भए जहाँसुकै पनि राम्रो भइने धारणा व्यक्त गरे । ‘नियत खराब भए त कसको के लाग्छ ? आज म दाबीको साथ भन्छु परिवारसहित क्लब आउने वातावरणको सुरुवात एलओडीले बनाएको भन्दा फरक नपर्ला,’ उनी भन्छन्, 'यहाँ परिवारसहित आएर आनन्दले नाँचेर मनोरञ्जन गर्न सक्नुहुन्छ । अहिले काठमाडौँ आउने देशी तथा विदेशी पाहुनाहरूको पहिलो लिस्टमा एलओडी प्राथमिकतामा पर्न थालेको छ ।'
मृदुभाषी कर्मचारी र पाहुनाहरूलाई सुरक्षित राख्न सक्नु क्लबको दायित्त्व रहेको उनले प्रस्ट पारे । डिजे म्युजिकले संगीतका पारखीलाई मजाले आकर्षण गर्न सकेको उनको दाबी छ । ‘हाम्रा पाहुँनाहरूले यहाँ बसेर र खाएर मनोरञ्जन लिन सक्छन्,’ उनले भने ।
कुँवरका अनुसार क्लबमा एक सय ५० जना भन्दा बढी कर्मचारीहरू छन् । क्लबको मेरुदण्ड कर्मचारीहरू हुन् । कर्मचारीको निरन्तरको मेहनतले क्लबलाई यहाँसम्म ल्याइपुर्याएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला