बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय
शिक्षक आन्दोलन

शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु

मङ्गलबार, १६ वैशाख २०८२, २० : १३
मङ्गलबार, १६ वैशाख २०८२

काठमाडौँ । नेपाल शिक्षक महासंघका पदाधिकारी र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तबिच वार्ता सुरु भएको छ । शिक्षा मन्त्रालयमा सुरु भएको वार्तामा शिक्षकहरुले उठान गरेका मागका विषयमा छलफल हुनेछ । हिजोको वार्तामा सकारात्मक रहेपनि कुनै निष्कर्ष निकाल्न सकेको थिएन । 

मंगलबार महासंघको विस्तारित पदाधिकारी बैठक बसेको थियो । बैठक सकेपछि शिक्षामन्त्रीसँग वार्ताका लागि सिंहदरबार गएका हुन् । 

बैठकले आन्दोलन सँगसँगै सरकारसँग निर्णायक वार्ता गर्ने निर्णय गरेको थियो । शिक्षा मन्त्रीले दिउँसो नै शिक्षकहरुसँग बैठक बोलाएका थिए । तर, महासंघको बैठक लम्बिएपछि वार्ताको समय पर धकेलिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप