बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा

मङ्गलबार, १६ वैशाख २०८२, २० : ०६
मङ्गलबार, १६ वैशाख २०८२

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाबाट गत वैशाख १२ गते चोरी भएको बस विराटनगरमा पार्टपूर्जा खोलेर बिक्री गर्दै गरेको अवस्थामा फेला परेको छ । 

बस हराएपछि गाडीधनी र प्रहरीले खाजी गरिरहेको अवस्थामा विराटनगर–१२ स्थित मलहनुवाचौक नजिकै खालीचौरमा फेला पारिएको मोरङका प्रहरी उपरीक्षक (एसपी) नारायण चिमरियाले जानकारी दिए ।

चोरी भएको बसका पार्टपूर्जा खोलेर विराटनगर–६ सरोचियास्थित कवाडीमा बिक्री गर्न थालिएको अवस्थामा फेला परेको हो । 

यातायात व्यवसायी हरेन्द्र चेम्जोङका अनुसार प्रदेश १, ०२–००१–९७४९ नम्बरको बस धरान बरगाछीमा पार्किङमा राखिएको बेला हराएको थियो ।

बस फेला पर्दा मंगलबार विहान मात्रै तीन पटकसम्म त्यसका पार्टपूर्जा कवाडीमा ल्याइएको थियो । खाली स्थानमा रोकिएको बसका पार्टपूर्जा क्रमशः खोल्दै कवाडीमा पुर्‍याउँदै गर्ने व्यक्ति भने फरार छन् । 

प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको एसपी चिमरियाले बताए । उनका अनुसार कवाडी सञ्चालक गीतादेवी साह र उनका नातेदार लाई सहयोग गर्दै आएका ज्वाँई दिपेन्द्र साह फरार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप