एनआरएनए विवादसम्बन्धी तीन वटा रिट र निवेदन हेर्न नमिल्ने
मङ्गलबार, १६ वैशाख २०८२, १९ : ०१

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) महाधिवेशन विवादका दुई पक्षले एकअर्काविरुद्ध दायर गरेको रिट र परराष्ट्र मन्त्रालयले महाधिवेशन सार्न महान्यायाधिवक्ताको कार्यालयमार्फत गरेको निवेदन हेर्न नमिल्ने भएको छ ।
बद्री केसीले शेष घले नेतृत्वको उच्चस्तरीय विवाद समाधान समितिले महाधिवेशन गराउन नसक्ने भन्दै दायर गरेको रिट र परराष्ट्र मन्त्रालयले गरेको निवेदनमाथि शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासमा पेसी तोकिएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा एनआरएनएको ११ औँ महाधिवेशनबाट निर्वाचित बद्री केसीलगायतविरुद्ध गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहा मगरले बद्री केसी नेतृत्वले दायर अदालतको अवहेनासम्बन्धी मुद्दाको पेसी चढेको थियो ।
तर तीनवटै मुद्दा हेर्न नमिल्ने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा