आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान

काठमाडौँ । नेपाली लेखक सङ्घले आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई दोस्रो राष्ट्रिय लेखक पुरस्कारबाट सम्मान गरेको छ ।
काठमाडौँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित एक समारोहकाबीच उहाँलाई रू एक लाख राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । यसअघि पहिलो पुरस्कार साहित्यकार बैरागी काइँलालाई प्रदान गरिएको थियो ।
तेस्रो राष्ट्रिय लेखक दिवसका अवसरमा आयोजित समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले उनलाई दोसल्ला ओढाएर कदरपत्रसहित पुरस्कार प्रदान गरे ।
वि.सं. २००० मा वीरगञ्जमा जन्मिएका डा.गौतमले भारतको पूणे विश्वविद्यालयबाट भाषा विज्ञानमा विद्यावारिधि गरेका छन् ।
वि.सं. २०२४ बाट उपन्यास लेख्न थाल्नुभएका उहाँका २९ वटा उपन्यास प्रकाशित छन् ।आधा दर्जन कथा सङ्ग्रह र एक दर्जन नाटक लेखेका डा.गौतमका ४५ कृति प्रकाशित भएका कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा मन्त्री पाण्डेले मुलुकमा पछिल्लो समय आशाभन्दा निराशा बढिरहेको उल्लेख गर्दै आशाको सञ्चार गर्न सबै लाग्नुपर्ने धारणा राखे । उनले विगतमा भन्दा धेरै कुराहरू परिवर्तन हुँदै आए पनि सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्नुपर्नेमा जोड दिए।
पुरस्कृत व्यक्तित्व डा.गौतमले साहित्यले सम्मानका लागि आभार व्यक्त गरे । उनले लोकतन्त्रलाई बलियो बनाउने साहित्यको महत्वपूर्ण भूमिका रहेको र यसलाई थप सशक्त बनाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा विभिन्न व्यक्तिलाई मानार्थ सदस्य सम्मान प्रदान गरिएको थियो । यसरी सम्मान पाउनेमा डा.गौतमसहित बैरागी काइँला, राजनीतिज्ञ नरहरि आचार्य, डा.बेञ्जु शर्मा, डा.तुलसी भट्टराई, प्रा.डा. हेमाङ्गराज अधिकारी, साहित्यकार हरि अधिकारी, सनद रेग्मी, पूर्वमन्त्री भक्तबहादुर बलायर रहेका छन् ।
यस्तै, डा.गोविन्दराज भट्टराई, डा.व्रतराज आचार्य, रामानन्द आचार्य, गायत्री श्रेष्ठ, ज्ञानुवाकर पौडेललगायत ३२ जनालाई उक्त सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाली लेखक सङ्घकी उपाध्यक्ष बिमला तुम्खेवा, साहित्यकार डा. रत्नमणि नेपाल, अनुपमा रेग्मीलगायतले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड