रुपन्देहीको बेथरी मर्चवर सडक निर्माण अन्तिम चरणमा

बुटवल । लुम्बिनी प्रदेश सरकारले रणनीतिक महत्पूर्ण साथ काम सुरु गरेको रुपन्देहीको बेथरी मर्चावर सडकको काम अन्तिम चरणमा पुगेको छ । यो सडक निर्माणले अब मर्चवारी बासीलाई भैरहवा आउने,लुम्बिनी जान र बथेरीबाट बुटवल आउनको लागि सहज हुनेछ ।
लुम्बिनी प्रदेश सरकारले २०७७ सालमा मर्चावरलाई सडक सञ्जालमा जोड्नको लागि निर्माण सुरु गरेको सडक निर्माण सकिएको अब पुल पनि करिब एक हप्ता भित्र सम्पन्न हुने उक्त सडक हेर्ने सडक पुर्वधार कार्यालय बुटवलमा सूचना अधिकारी कृष्ण पण्डितले रातोपाटीलाई बताए ।
उनले दुईतिर गरेर १० किलोमिटर सडक निर्माण पुरा भएको बताउँदै पुल पनि प्रयोग गर्न मिल्ने बताएको खुलाए। उनले भने,'पुलमाथि गाडी चलाउन मिल्छ अब त्यो रंगरोगन गर्ने नाम लेख्ने काम मात्रै बाँकी छ,अरू काम सकियो ।'
रुपन्देहीको मायादेवीगाउँपालिकाको बेथरीबाट मर्चावर जोड्ने गरी चार लेनको सडक निर्माण काम दुई प्याकेज काम गरिएको थियो । लुम्बिनी अर्घाखाँची बाबु जेबीले १० किलोमिटर सडक निर्माणका लागि २६ करोड ३८ लाखको लागतमा २०७७ सालमा ठेक्का लिएको थियो ।
उनले काम पुरा गरेको छ । भने सोही सडकमा अन्तर्गत पुल निर्माणको ठेक्का टुली कालीगण्डकी जेबीले २६ करोडमा पाएको थियो । यो सडक निर्माण सडक मायादेवी गाउँपालिको अन्तिम ठाउँमा हो । उनले सम्झौता साउनसम्म भए पनि पुल निर्माण काम अन्तिम चरणमा पुराएको छ ।
प्रदेश सरकारले सडक निर्माण सुरु गरे पनि कार्यालय हेर्न निकायहरू बेला बेलामा फेरिने र सुरुमा रुख कटानको लागि जटिलताले गर्दा पहिलो चरणमा कामले सुस्तता पाए पनि पछिल्लो एक वर्ष काम भएको इन्जिनियर कृष्ण पण्डितले बताए ।
उनले अन्तिम सडक पुर्वधारको कार्यालय रुपन्देहीले हेर्न जिम्मा आएकोले उल्लेख गर्दै अब पुरा भए पनि बिचमा मर्मत गर्ने रेखदेख गर्ने काम यही कार्यालयबाट हुने खुलाए ।
सडक सञ्जाल विस्तारसँग मर्चावारीमा आवत जावतमा वृद्धि
लुम्बिनी प्रदेश सरकारले रुपन्देहीको पिछडिएको क्षेत्र मानिने मर्चावरलाई सडक सञ्जालसँग जोड्ने काम बेथरी मर्चावर सडकले गरेको छ ।
मर्चावरमा खास गरी कृषिजन्य वस्तुको उत्पादन धेरै हुने भएकोले त्यसको बजारीकरण सहज पुग्ने अपेक्षा गरिएको छ। सडक निर्माणसँगै अन्य स्थानमा नागरीकहरु पनि मर्चवार जाने आउने बृद्धि भएको स्थानीय राम नारायण गुप्ताले बताए ।
रुपन्देहीको मायादेवी गाउँपालिका वार्ड ६ मा पर्ने यो सडक निर्माणसँगै मर्चवारबासीलाई भैरहवा आउन, लुम्बिनी जान र बेथरीबाट सिधै बुटवल आउनेको लागि सहज हुने मायादेवी गाउँपालिका प्रवक्ता शैलेन्द्र कुमार पाण्डेयले रातोपाटीलाई बताए ।
उनले मार्चवर तरकारी तथा अन्य कृषि उपज बुटवल विक्रीको लागि र बिरामी पर्दा छिटो अस्पताल जान समेत स्थानीयलाई सहज हुने बताए । बुटवल बेलवास सडक निर्माण यस अधि नै भई सकेको छ। अब बेथरी मर्चवर सडक निर्माणहुदाँ बुटवल र मर्चावरलाई जोडेको उनले बताए ।
बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि प्रसाद अर्याललेबुटवल सिधै मार्चवर किसानसँग जोड्को लागि यो सडक निकै उपयोगी हुने बताए ।उनले कृषिको लागि मार्चवर निकै राम्रो भूमि हो त्यो उत्पादन बुटवलको कृषि मन्डीमा ल्याउँदा राम्रो मूल्य किसानले पाउने बताए ।
बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेयले सडक निर्माणसँग मर्चवारबासी र बुटवल आउन जानको सम्बन्ध थप सजिलो भएको खुलाए ।उनले हिजो मर्चवारका बासिन्दाहरू भैरहवा हुँदै आउँदा बुटवल लामो र धेरै समय लाग्ने गरेकामा अब भने सिधैँ बुटवल आउँदा छोटो समयमै पुग्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?
-
कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का