मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय
अपराध

३६ लाख ठगी आरोपमा ठमेलको दोहोरी साँझबाट पूर्व हवल्दार पक्राउ

मङ्गलबार, १६ वैशाख २०८२, १७ : १९
मङ्गलबार, १६ वैशाख २०८२

काठमाडौँ । यार्सागुम्बा व्यापारमा लगानी गर्ने बहानामा ठगी गर्ने पूर्व प्रहरीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा जाजरकोटको नलगाड–७ दल्ली घर भएका ४१ वर्षीय दिपेन्द्र सिंह छन् । 

उनी नेपाल प्रहरीका पूर्व हवल्दार हुन् । सामाजिक सञ्जालबाट चिनजान भएका एकजनासँग यार्सागुम्बा किनबेच गर्ने व्यवसायमा लगानी गर्ने नाममा उनले ३६ लाख लिएर फरार भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले रातोपाटीलाई बताए । 

सोमबार उनी ठमेल स्थित दोहोरी साँझबाट पक्राउ परेका हुन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ३० लाख बराबरको बैंकिङ्ग कसुरको जाहेरी दर्ता भएको भेटिएको छ । 

बाँकेमा पनि प्रहरीमा भर्ना गराउँछु भनेर उनले १० लाख ठगेको जोहरी दर्ता भएको भेटिएको छ ।

सेनामा भर्ती गराउँछु भनेर ४ लाख लिएको आरोपमा एकजना पीडितले इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएको अपराध रेकर्ड सिस्टममा फेला परेको एसपी जिसीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप