राजनीतिक दलहरू खत्तम भन्ने भाष्य निर्दलीयहरूको धन्दा हो: उपमहासचिव बस्नेत

हेटौँडा । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले निर्दलीय व्यवस्थाका पक्षधरहरूले राजनीतिक दलहरू खत्तम भन्ने भाष्य स्थापित गर्ने कोसिस गरिरहेको बताएका छन् । ‘दलहरूका विकल्प हुन्छन्, निर्विकल्प छैनन्’ यसैले सबै गलत भन्ने भाष्यबाट मुलुकलाई बचाएर लैजानुपर्ने नेता बस्नेत बताए ।
मंगलबार हेटौँडाको बस्तीपुरमा आयोजित नेपाल शैक्षिक स्वयंसेवी संगठनको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता बस्नेतले सरकारका पछिल्ला काम कारवाही नागरिक मैत्री नभएको टिप्पणी गरे । उनले सरकार बिचौलियाहरूको हितमा निर्भर रहेको दाबी गरे । सरकारबाट एमालेले फाइदा लिने कि कांग्रेसले लिने भन्ने गलत किसिमको होडबाजी चलिरहेको बस्नेतको भनाइ छ ।
‘राजनीतिक दल र लोकतन्त्र आपसमा अन्तर सम्बन्धित छन् । दलहरू कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो । यसैले पनि यसबाट सचेत हुँदै दलभित्रका कमजोरीलाई सुधारमा अघि बढ्न जरुरी छ,’ उनले भने ।
सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं खेलकुद महासंघका फ्याक्सन इन्चार्ज दीपक कोइरालाले शैक्षिक स्वयंसेवीहरूले आफूलाई समाजवादी सेनाको रूपमा विकास गर्नुपर्ने बताए ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतमले विचारविहीन युवा भनेको लगाम बिनाको घोडा जस्तै हुने बताए । उनले युवाहरूलाई सही विचार र दृष्टिकोणयुक्त बनाउन सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे ।
सम्मेलनले केशव महर्जनको अध्यक्षतामा २७ सदस्यीय समिति चयन गरेको छ । संगठनको उपाध्यक्षमा बबिता कटुवाल, किरण गिरी, टेकबहादुर थापा, महासचिवमा भीमराज खड्का, सचिवमा सिता नेपाली, शिवकुमार त्वत, बिकेन्द्र महर्जन, उपेन्द्र घिमिरे, ईश्वर लामिछाने, भूमिका मगर, कोषाध्यक्षमा दामोदर बस्नेत लगायत सदस्यहरू चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी बजेटमार्फत जनतालाई राहत दिनुपर्छः सचेतक पाण्डे
-
जग्गा प्राप्त नहुँदै प्रशासनिक संरचना निर्माणमा बागमती सरकारको चटारो
-
परिणाममुखी काम गर्न नसके कमान्डबाट फिर्ता गर्ने सशस्त्रका आईजीपी अर्यालको चेतावनी
-
भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपालमा
-
प्रादेशिक संरचना निर्माणमा राजनीतिक नेतृत्वको चासो छैन
-
चेकजाँचका क्रममा भागेको कार दुर्घटना, ४ सय २१ किलो गाँजा बरामद