‘बायोकम नेपाल’ले भन्यो– उद्योग बन्द भएको छैन

काठमाडौँ । ‘बायोकम नेपाल’ले रातोपाटीमा वैशाख १२ गते शुक्रबार प्रकाशित ‘सिमरा सेजमा सञ्चालन भएको उद्योग ३ सातामै बन्द’ शीर्षक समाचारप्रति आपत्ति जनाएको छ ।
विशेष आर्थिक क्षेत्र प्राधिकरण ‘सिमरा सेज’ मा सञ्चालन भएको तीन सातामै उद्योग बन्द भएको भनेर प्रकाशित समाचारमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै ‘बायोकम नेपाल’ले उद्योग बन्द नभएको दाबी गरेको छ ।
बायोकम नेपालसँग सोधपुछ नै नगरी समाचार तयार पारिएको भन्दै सीईओ मार्टिन निजोफद्वारा जारी विज्ञप्तिमा आफ्नो उद्योग पूर्ण रूपमा सञ्चालन भइरहेको र दिगो फोहोर व्यवस्थापन तथा प्लास्टिक रिसाइकल गरी उत्पादनलाई निरन्तरता दिइने प्रस्ट पारिएको छ ।
खुला सञ्चार र पारदर्शितालाई आफूहरूले सम्मान गर्ने भन्दै ‘बायोकम नेपाल’ले एक पक्षीय समाचारले पाठकलाई भ्रमित पार्नुका साथै वातावरणीय क्षेत्रमा अथक रूपमा काम गर्ने संस्थाहरूको प्रयासलाई पनि कमजोर पार्नेतर्फ ध्यानाकर्षण गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजमा पछाडि पारिएका वर्ग समुदायको हितमा काम गर्न प्रतिबद्ध छौँ : अर्थमन्त्री थापा
-
नवराज विक हत्या प्रकरण : २३ जनाको जन्मकैद सदर, दुई जनालाई सफाइ
-
६ एआईजीको पदस्थापन, सीआईबीमा चन्द्रकुवेर खापुङ
-
ट्रेलरमा यस्तो देखियो चलचित्र ‘ऊनको स्वीटर’
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?