सेलिब्रेटीमाथि डिजिटल हिंसा : दीपाश्री, सुरक्षादेखि दुर्गेशसम्म कसरी भए सिकार ?

काठमाडौंँ । अभिनेत्री सुरक्षा पन्त अहिले डिजिटल हिंसा (दुव्र्यवहार)मा परेकी छन् । सामाजिक सञ्जालमा उनको विभिन्न टिकाटिप्पणी भइरहेको छ । टिप्पणीमा उनी प्रति घृणा र आवेगका नकारात्मक अभिव्यक्ति देख्न सकिन्छ । उनी माथि प्रहार स्वरुप उनको हालै प्रदर्शनमा आएको फिल्म ‘खेल’ विरुद्ध बहिष्कार अभियान चल्यो । उनले फेसबुकमा प्रतीकात्मक कविता ‘समर्पित’ लेखेर विरोध जनाएकी छन् । तर, उनीमाथि प्रहार अझै रोकिएको छैन ।
केही दिन अगाडि एक टेलिभिजन कार्यक्रममा पूर्वनवयुवराज हृदयन्द्र शाहको बिषयमा दिएको अभिब्यक्तिलाई लिएर उनीमाथि फेसबुकदेखि टिकटकसम्म गालीको वर्षा भइरहेको छ ।
सुरक्षा त जल्दोबल्दो उदाहरण मात्र हुन् । पछिल्लो समय कलाकारहरू साइबर हिंसा (दुव्र्यवहार)पर्ने क्रम बढ्दो छ । यसअघि पनि थुप्रै कलाकारले यस्तो हिंसा भोगेका छन् । ति मध्य दश सेलिब्रेटीको चर्चा यहाँ गर्न खोजिएको छ ।
दीपाश्री निरौला : केहीअघि एक टेलिभिजन कार्यक्रममा अभिनेता राजेश हमाल ‘महानायक’ हो र ? भनेर दिएको अभिव्यक्तिका कारण निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले डिजिटल हिंसा भोग्नुपर्यो । उनीमाथि सामाजिक सञ्जालमा नकारात्मक टिप्पणीदेखि गालीको वर्षासमेत भयो ।
यही कारण उनले टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’बाट बाहिरिनुसमेतपर्यो । उनलाई फिल्म बहिष्कारको धम्कीसमेत आयो ।
पटक–पटक सामाजिक सञ्जालमा माफी माग्दा पनि उनीमाथिको आक्रमण रोकिएन । मानसिक रूपमा उनलाई ठुलै आघात पर्यो । त्यसपछि उनले अन्तर्वार्ता दिन कम गरेकी छन् ।
प्रकाश सपुत : गायक तथा अभिनेता प्रकाश सपुत पनि गत फागुनमा सामाजिक सञ्जालमा हिंसाको सिकार भए । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसामा उनले खर्चिएका केही शब्दका कारण उनी ट्रोल भए । ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तक लोकर्पणमा कार्यक्रममा उनले प्रधानमन्त्री ओलीको जीवन प्रेरणादायी भएको भन्दै प्रशंसा गरेका थिए । ओलीको प्रशंसा गरेकै कारण उनीमाथि सामाजिक सञ्जालमा गालीगलौजको वर्षा भयो । जातीय विभेद पनि गरियो । उनको निर्माण, निर्देशन र अभिनय रहेको फिल्म ‘वसन्त’ बहिष्कारको अभियान चल्यो ।
पूजा शर्मा : अभिनेत्री पूजा शर्मा धेरै पटक डिजिटल हिंसामा पर्ने कलाकार हुन् । एक टेलिभिजन अन्तर्वार्तामा नेपालमा ७२ प्रदेश र १४ जिल्ला बताएपछि सामाजिक सञ्जालमा उनी ट्रोल बनेकी थिइन् । अन्तर्वार्तामा नेताहरू नचिनेको र सामान्य ज्ञानको समेत जवाफ दिन नसकेको भन्दै उनीमाथि सामाजिक सञ्जालमा गाली बर्सिएको थियो । अभिनेता पल शाहको समर्थन गर्दा पनि उनीमाथि सामाजिक सञ्जालमा चर्काे प्रहार भएको थियो ।
सौगात मल्ल : एक टेलिभिजन कार्यक्रममा नेताहरूको नाम भन्न नसक्दा अभिनेता सौगात मल्लमाथि पनि सामाजिक सञ्जालमा ट्रोल बनाइयो । नेताहरूको विषयमा सामान्य ज्ञानसमेत नराखेको भन्दै उनीमाथि थुप्रै आलोचनात्क प्रहार भएका थिए । कमै अन्तर्वार्ता दिने सौगातले त्यसपछि केही समय अन्तर्वार्ता दिन नै बन्द गरे ।
ऋचा शर्मा : अहिले अभिनेत्री ऋचा शर्मामाथि पनि अभद्र टिप्पणी सुरु भइरहेको छ । विभिन्न व्यक्तिले उनलाई सामाजिक सञ्जालमा म्यासेज पठाउँदै तथानाम गाली गरिरहेका छन् । अभिनेत्री सुरक्षा पन्तको समर्थन गरेकै कारण उनी डिजिटल हिंसाको सिकार भइरहेकी छन् ।
आँचल शर्मा : ‘ट्रोल’ बनिरहने अभिनेत्री आँचल शर्मा पनि हुन् । आफ्नै बोलीका कारण उनी थुप्रै पटक समस्यामा पर्दै आएकी छन् । बढी टिकटक चलाउने महिला धेरै क्रियटिभ हुने र सहकर्मी पूजा शर्मालाई अग्रज मानेका कारण उनलाई ट्रोल बनाइएको थियो । उनले एक पुरुष मोडलको ‘बडी सेमिङ’ गरेको कारण सामाजिक सञ्जालमा गालीको वर्षा पनि खेप्नुपरेको थियो ।
प्रियंका कार्की : त्यस्तै अभिनेत्री प्रियंका कार्की पनि डिजिटल हिंसाबाट मुक्त भइनन् । ‘यूएसचाहिँ धेरैपटक गइरहेको थिएँ, तर अमेरिका भने पहिलोपटक आएको हुँ’ भनेर अमेरिकामा दिएको एक अभिव्यक्तिका कारण उनी सामाजिक सञ्जालमा ट्रोल भएकी थिइन् ।
वर्षा राउत : नेपाल र भारतबिच सीमा विवादका सन्दर्भमा वर्षा राउत ट्रोल भएकी थिइन् । ‘मेरो इन्डियन साथीहरूसँग मैले कसरी फेस गर्ने र मेरो इन्डियन साथीहरूले मसँग कसरी फेस गर्ने भइरहेको छ’ भन्ने अभिव्यक्ति दिएकै कारण उनलाई सामाजिक सञ्जाल व्यापक प्रहार गरिएको थियो । यो विषयलाई लिएर सामाजिक सञ्जालमा उनीमाथि गाली र नकारात्कम टिप्पणी भएका थिए ।
खेम सेन्चुरी : ‘द भ्वाइस अफ नेपाल सिजन ६’को ‘ब्लाइन्ड अडिसन’मा गायक खेम सेन्चुरी कोचका रूपमा सहभागी थिए । प्रतियोगितामा प्रतियोगी इन्द्रकला राईले गीत गाइसकेपछि उनले उत्साहित हुँदै खुट्टाले ‘बर्जर’ थिचेको विषयलाई लिएर उनले सामाजिक सञ्जालमा आलोचित हुनुपर्यो । उनीमाथि विभिन्न नकारात्मक टिप्पणी भए । जातीय विभेद पनि गरियो । मानसिक रूपमा उनलाई ठुलै आघात पर्यो ।
दुर्गेश थापा : गायक दुर्गेश थापा गीतसंगीतका कारण वेलावेलामा सानोतिनो विवादमा परिहन्थँे । तर उनी ठुलो साइबर हिंसामा भने एक टेलिभिजन कार्यक्रममा स्वर सम्राट नारायण गोपालको भनेर भक्तराज आचार्य गीत ‘मुटु जलिरहेछ, यो मन गलिरहेछ’ गाएपछि परे । उक्त विषयलाई लिएर उनीमाथि गालीको वर्षा भयो । उनी अभिनेता पल शाहको बलात्कार कान्डमा पनि मुछिएका थिए । उक्त समय पनि उनको आलोचना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड
-
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक
-
राउटे मुखिया शाहीको मृत्यु
-
एनआरएनए विवादसम्बन्धी तीन वटा रिट र निवेदन हेर्न नमिल्ने
-
काठमाडौं भ्यूटावर भत्काउनुपर्ने पक्षमा उपमेयर सुनिता डंगोल