मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

जन्मदिनमा वाईसीएल इन्चार्ज दीपशिखाद्वारा ज्येष्ठ नागरिकलाई सहयोग

मङ्गलबार, १६ वैशाख २०८२, १३ : ५८
मङ्गलबार, १६ वैशाख २०८२

भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आफ्नो जन्मदिनमा मानव कल्याण समाज (सेवाघर)मा आश्रितहरुलाई सहयोग गरेका छन् । उनीहरूलाई खाद्यान्न सहयोगसहित बेलुकाको भोजन खुवाउँदै सापकोटाले सोमबार आफ्नो जन्मदिन मनाएका हुन् ।

भक्तपुरको मध्यपुर थिमि-३ का स्थायीबासी दीपशिखा र उनकी पत्नी गाेमा आलेले भक्तपुरकै चाँगुनारायण-३ मा झौखेलमा रहेको सेवाघरमा पुगी उनीहरूसँग आफ्नो जन्मदिन मनाएका सेवाघरकी सञ्चालक सुमी मानवले बताइन् । सडकबाट उद्धार गरी सेवाघरका रहेका ज्येष्ठ नागरिकलाई बेलुकाको मिष्टान्न भोजन गराएका सापकोटा दम्पतीले थप खाद्यान्न सामग्रीहरू सहयोगस्वरुप हस्तान्तरण गरेका उनले जनाएकी छन् ।

सो अवसरमा स्थानीय समेत रहेका नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश समिति सदस्य रामशरण दाहाल, चाँगुनारायण उपाध्यक्ष सुमन दाहाल, सेवाघरका अभिभावक एवम् वाईसीएल भक्तपुरका इन्चार्ज नरेश रञ्जित, वाईसीएलका नेताहरू वेदप्रसाद खरेल, राजु कुटु , रोशन बासुकला, सरराज उप्रेती, सुरेन्द्र सुवाल र जानुकी श्रेष्ठ लगायतकोसमेत उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप