मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

पाल्पामा एक महिला मृतावस्था फेला

मङ्गलबार, १६ वैशाख २०८२, १३ : ५५
मङ्गलबार, १६ वैशाख २०८२

बुटवल । पाल्पाको कालीगण्डकी नदी किनारमा एक महिला आज मृत फेला परेकी छन् ।

जिल्लाको रम्भा गाउँपालिका–३, राम्दी नजिकै काली गण्डकी नदीको खोँचमा बगनासकाली गाउँपालिका–६, दर्पुक घर भएकी ३४ वर्षीय गङ्गा माझी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
 जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार  उनी बगनासकाली–५, दर्लमडाँडाको राम्दीमा डेरा गरी बस्दै आएकी थिइन् ।

 नदी किनारमा मृत अवस्थामा भेटिएकी माझीको  जिल्ला प्रहरी कार्यालय पाल्पाबाट टोली खटिई प्रारम्भिक अनुसन्धान सुरु गरिएको  पाल्पाका  डिएसपी सुनिल मल्लले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप