मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

‘मायाप्रीति’मा जोडी बन्दै आशीर्वाद र दिव्या

मङ्गलबार, १६ वैशाख २०८२, १३ : ४८
मङ्गलबार, १६ वैशाख २०८२

काठमाडौँ । अभिनेता आशीर्वाद क्षेत्री र दिव्या रायमाझीको जोडी पर्दामा देख्न पाइने भएको छ । अवि श्रेष्ठले निर्देशन गर्ने फिल्म ‘मायाप्रीति’मा यी दुईको जोडी देख्न पाइने भएको हो ।

‘नाइँ नभन्नू ल ६’बाट फिल्ममा डेब्यु गरेको क्षेत्री ‘मायाप्रीति’मा जोडिएको निर्माण युनिटले जनाएको छ । यसअघि उनी निरुता सिंहको जोडीको रूपमा फिल्म ‘महावीर’मा जोडिएका थिए ।

केही समयदेखि कार्यशालामा रहेको यो फिल्म ‘वन टु थ्री स्टुडियोज प्रालिको ब्यानरमा बन्न लागेको हो । जेठ पहिलो सातादेखि छायांकन तयारीमा रहेको यो फिल्ममा कार्यकारी निर्माताको रूपमा निशा अधिकारी र सन्तोष कार्की रहेका छन् ।

काठमाडौँ, पोखरा र बन्दीपुरमा छायांकन हुने फिल्ममा नयाँ पुस्ताको प्रेमकथा रहने बताइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप