मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

कांग्रेस सांसदको प्रस्तावः संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ

मङ्गलबार, १६ वैशाख २०८२, १३ : ३७
मङ्गलबार, १६ वैशाख २०८२

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले संविधान संशोधन गरेर शिक्षकलाई संघीय सरकारअन्तर्गत राख्न सबै सांसद तयार हो भन्दै प्रश्न गरेका छन् । 

मंगलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले शिक्षकका मागहरु धेरैले उठाइसकेको भन्दै शिक्षकहरुका माग सम्भव भएसम्म सबै पूरा गरेर विद्यालय फर्काउने वातावरण बनाउन आग्रह गरे । उनले शिक्षकलाई स्थानीय तहमा राख्न नहुनेमा शिक्षकहरुको माग रहेको भन्दै संविधान संशोधन गरेर शिक्षकका मागहरु पूरा गर्न तयार हुनुपर्ने बताए । उनले शिक्षकका मागहरु पूरा गर्न २ सय ७५ जना सांसद नै तयार रहेको भन्दै तत्काल २७५ जनाले नै हस्ताक्षर गरेर संविधान संशोधन गरेर संघमा शिक्षकलाई ल्याउने व्यवस्था गर्न प्रस्ताव गरे । 

सरकारमा अहिलेको विपक्षी दलहरु पनि रहिसकेकाले गोहीका आँशु निकाल्नुको फाइदा नरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप