शिक्षकहरूका जायज माग तत्काल पूरा गर्न माग
मङ्गलबार, १६ वैशाख २०८२, १३ : १९

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक सुशीला थिङले शिक्षकहरूका जायज माग तत्काल पूरा गर्नुपर्ने बताएकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा थिङले सरकारले पटक पटक गरेको सम्झौता कार्यान्वयन नहुँदा शिक्षकहरू आन्दोलनमा आउनुपरेको भन्दै उनीहरूको जायज माग छिटो पुरा गर्नुपर्ने बताएकी हुन् । उनले आन्दोलनका क्रममा शिक्षकहरूमाथि भएको दमन निन्दनीय रहेको भन्दै सरकारले राम्रो काम नगरेको उल्लेख गरिन् । लामो समयदेखि शिक्षकहरूले आन्दोलन जारी राख्नुको कारण पत्ता लगाएर समाधान खोज्नुपर्नेमा उनले जोड दिइन् ।
थिङले शिक्षकहरूले पनि स्पष्ट रूपमा आफ्नो मागका बारेमा सरकारलाई जानकारी गराउँदै विद्यालय फर्कने वातावरण बनाउन आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत