शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला: मेटमणि चौधरी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले शिक्षकहरूका मागहरू सम्बोधन नगरे सिंहदरबार र बालुवाटारबाट भाग्ने दिन आउने चेतावनी दिएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो चेतावनी दिएका हुन् । शिक्षकका जायज मागहरू पूरा गर्न यथाशीघ्र शिक्षा ऐन नल्याए शासकहरू भाग्नुपर्ने परिस्थिति बन्ने उनको टिप्पणी छ । उनले सरकारले शिक्षकहरूका जायज मागहरू पुरा गर्नुको सट्टा दमन गरिरहेको आरोप लगाए ।
उनले भने, ‘शिक्षकहरूका मागअनुसार शिक्षा विधेयकलाई टुङ्ग्याउनको लागि हार्दिक अनुरोध गर्दछु । अन्यथा सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला । शासकहरू भागेको कुरा सुन्नुभएको होला नि । पढ्नु भएको पनि होला । जनताको अगाडि बहुमत र दुई तिहाइको अंकले काम गर्दैन भन्ने कुरा बंलादेशतिर हेरे पुग्छ । ’
उनले सरकारले शिक्षकहरूमाथि दमनपूर्ण व्यवहार देखाएको भन्दै पार्टीको संसदीय दलको तर्फबाट घोर भर्त्सना गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा सडक दुर्घटना, एक जनाको मृत्यु
-
क्याबिनेट बैठक निर्णय : आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित, गभर्नर सिफारिस समिति सदस्यमा अधिकारी
-
आँगनमा कुखुरा आएको निहुँमा बुवामाथि गोली प्रहार
-
रेशमलाई पक्राउ गर्नुपर्ने पत्र बोकेर १० बजे नै डिल्लीबजार पुगेका थिए महिमानसिंह विष्ट
-
यी हुन् सरकार र शिक्षकहरूबिच भएका ९ बुँदे सहमति
-
विद्यालय शिक्षा विधेयक तपाईंहरूकै घरमा लैजान्छौँ : गृहमन्त्री लेखक