बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय

भक्तपुरमा जुवातास खेलिरहेका १४ जना पक्राउ

मङ्गलबार, १६ वैशाख २०८२, १२ : ४७
मङ्गलबार, १६ वैशाख २०८२

भक्तपुर । भक्तपुर जिल्लामा विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् ।

मध्यपुर थिमी नगरपालिका-४ एसएस चोक बस्ने ४४ वर्षीय राजेन्द्र श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेन्द्र समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २३ हजार ७ सय ५० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । 

यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका-७ हेल्मेटडाँडा बस्ने ५८ वर्षीय कृष्णराम छुस्याबागको घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्णराम समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ९ सय ५० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप