मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

शिक्षामन्त्रीले जवाफ दिनुपर्ने खतिवडाको माग

मङ्गलबार, १६ वैशाख २०८२, १२ : २९
मङ्गलबार, १६ वैशाख २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शिक्षकहरूलाई दिनैपिच्छे बानेश्वरको किनारमा प्रदर्शन गर्दै गीत गाउने रूपमा व्यवस्थापन नगरी विद्यालय फर्किने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद खतिवडाले शिक्षकहरू काँग्रेस, एमाले र माओवादीका मात्र नभई समग्र देशका भएको उल्लेख गरे । शिक्षकका माग सम्बोधन गर्न सरकार गम्भीर हुन जरुरी रहेको उनको भनाई थियो । 

उनले भने, ‘शिक्षक नेपाली काँग्रेस, एमाले र माओवादीका मात्र होइनन् सम्पूर्ण देशका हुन् र सबैलाई पढाउने शिक्षक हुन् । उहाँहरूलाई दिनैपिच्छे बानेश्वरको किनारमा जुलुस निकाल्ने, पानीको फोहोरा खुवाउने र गीत गाउने रूपमा व्यवस्थापन नगरियोस् । तुरुन्त विद्यालयमा पठाउने व्यवस्था गरियोस् । उहाँका मागहरू सम्बोधन गर्नतिर सरकार लगोस् । र नवनियुक्त शिक्षामन्त्रीले यहाँ आएर त्यसको जवाफ दिने वातावरण सिर्जना होस् ।’

उनले गभर्नर नियुक्त नभएर अर्थतन्त्रमा परेको असरबारे व्याख्या गर्नै नसक्ने स्थिति सिर्जना भएको बताए । उनले सरकारले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेर गभर्नर नियुक्त गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप