प्रतिबन्धको अवधि सकिएलगत्तै एन्फाको साधारणसभामा सहभागी हुँदैछन् गणेश थापा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा वैशाख २६ गते हुँदैछ । उक्त साधारणसभामा पूर्वअध्यक्ष गणेश थापाले पनि भाग लिने भएका छन् ।
सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको आरसी ३२ फुटबल एकेडेमीले आफ्नो प्रतिनिधिका रुपमा थापालाई साधारणसभामा पठाएको हो ।
आरसी ३२ ले पूर्वअध्यक्ष थापासँगै सुरेन्द्र बस्नेतलाई पनि प्रतिनिधिका रुपमा एन्फाको साधारणसभामा प्रतिनिधिका रुपमा पठाउने निर्णय गरेको छ ।
‘एन्फाका सबै साथीहरुसँग २६ गते साधारणसभामा भेटौँ,’ आफूलाई आसी ३२ ले साधारणसभाको प्रतिनिधि बनाएको पत्र सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै थापाले भनेका छन् ।
विश्व फुटबल महासंघ (फिफा) ले लगाएको १० वर्ष लामो प्रतिबन्धको अवधि सकिएपछि थापाले पहिलो पटक फुटबल सम्बन्धि कुनै पनि ठुलो गतिविधिमा भाग लिन लागेका हुन् ।
फिफाले सन् २०१५ को अप्रिल १६ तारिखमा फुटबल सम्बन्धि कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी थापामाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धको अवधि सकिएलगत्तै थापाले आफू पुनः नेपाली फुटबलको विकास र विस्तारमा सक्रियतापूर्वक लाग्ने बताएका थिए ।
पूर्वअध्यक्ष थापा र बस्नेतलाई आफ्नो प्रतिनिधिका रुपमा एन्फाको साधारणसभामा पठाउने निर्णय गरेको पत्रमा आरसी ३२ का कार्यवाहक अध्यक्ष सुदिप चन्दले हस्ताक्षर गरेका छन् । थापाको प्रतिबन्ध अवधि सकिएपछि आरसी ३२ ले उनलाई आफ्नो कार्यसमिति सदस्यमा चयन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीप लामिछाने नेतृत्वको नेपाल रातोको सहज जित
-
नेपालमा कोरियन ब्रान्डको चाउचाउ उत्पादन सुरु, कति पर्छ मूल्य ?
-
भारतको पहलगाममा भएको आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन
-
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति
-
दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित
-
१५ अङ्कले घट्याे नेप्से परिसूचक, सात अर्ब ५७ करोडको कारोबार