यी चार ठाउँमा ट्र्याक खन्दै छ नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले चार वटा ठाउँमा सडक विस्तारको लागि ट्र्याक निर्माण कार्य गर्दै छ । सेनाले ताप्लेजुङको ओलाङ्चुङगोला, सङ्खुवासभाको किमाथांका र हुम्लाको सिमकोट जोड्ने सडक बनाउँदै छ । उता, हुम्लाको खार्पुनाथलाई सडक सञ्जालसँग जोड्ने बेलिब्रजको निर्माण गरिरहेको रक्षामन्त्री मानवीर राईले जानकारी दिए ।
यसमध्ये संखुवासभा जिल्लाको किमाथांकाको बाटो ब्रेकथ्रु भइसकेको छ । सरकार गठन भएलगत्तै आफूले २ सय दिनभित्र जसरी पनि सक्नुपर्छ निर्माण सक्नुपर्छ भनेर निर्देशन दिएको र सोही अनुसार काम सम्पन्न भएको उनको भनाइ छ । उक्त सडक अब चीन सरकारको सहयोगमा कालोपत्रेमा स्तरोन्नतिको तयारी गरिएको उनको भनाइ छ ।
त्यस्तै, ताप्लेजुङको ओलाङ्चुङगोला नाकासम्म जोड्ने ट्र्याक पनि नेपाली सेनाले खोल्ने तयारी गरेको उनले बताए ।
त्यस्तै, हुम्लाको समिकोटसँग जोड्ने बाटोको ट्र्याक निर्माणका लागि ब्लास्टिङ गर्ने र भिरपहरा फुटाउने अहिले भइरहेको रक्षामन्त्री राईको भनाइ छ ।
हुम्लाकै खार्पुनाथमा बेलिब्रिज नहुँदा एक ट्याक्टर सामान तार्न १० हजार तिर्नुपर्ने बाध्यता रहेको अनुगमनमा देखिएपछि बेलिब्रज निर्माणको जिम्मेवारी दिइएको र यो निर्माणाधीन अवस्थामा रहेको उनको भनाइ छ ।
फास्ट ट्र्याकबारे जनप्रतिनिधिसँग छलफलको तयारी
रक्षा मन्त्रालयले फास्ट ट्र्याकको निर्माण प्रक्रियाका सम्बन्धमा फास्ट ट्याक जोडिएका क्षेत्रसँग सम्बन्धित सांसदसँग छलफलको तयारी गरेको छ । रक्षामन्त्री राईले मन्त्रालयको तर्फबाट स्थलगत भ्रमणमा जाने र आएपछि सांसदसँग छलफल गर्ने उल्लेख बताए ।
अहिले फास्ट ट्याकको विभिन्न स्थानमा जग्गाको मुआब्जा लगायतका सम्बन्धमा विभिन्न माग राख्दै स्थानीयवासीले ललितपुरको खोकना–बुङमती फर्सीडोल तथा मकवानपुरको बकैया लगायत स्थानमा जग्गासम्बन्धी विवाद कायमै छ । फास्ट ट्याकका विभिन्न परियोजनाको ठेक्कामा समेत सांसदहरूले प्रश्न उठाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीप लामिछाने नेतृत्वको नेपाल रातोको सहज जित
-
नेपालमा कोरियन ब्रान्डको चाउचाउ उत्पादन सुरु, कति पर्छ मूल्य ?
-
भारतको पहलगाममा भएको आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन
-
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति
-
दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित
-
१५ अङ्कले घट्याे नेप्से परिसूचक, सात अर्ब ५७ करोडको कारोबार