'सरकारले रवीन्द्र मिश्रमाथि गरेको दुर्व्यवहार निन्दनीय'
मङ्गलबार, १६ वैशाख २०८२, १२ : ०४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष रवीन्द्र मिश्रमाथि सरकारले दुर्व्यवहार गरिरहेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद झाले मिश्रको विचारसँग आफ्नो विचार नमिल्ने भए पनि राज्यले उनीमाथि गरेको व्यवहार राम्रो नलागेको बताए । उनले मिश्रमाथि सरकारको दुर्व्यवहार निन्दनीय रहेको पनि बताए ।
मिश्रलाई गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ गरी हिरासतमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवादको तीन दिन : के-के छन् कार्यक्रम ?
-
पहलगाम हमलाबारेमा राहुलले प्रधानमन्त्री मोदीलाई लेखे पत्र, विशेष अधिवेशन बोलाउन माग
-
गगन थापाविरुद्धको अवहेलना मुद्दाको प्रारम्भिक सुनुवाइ सकियो
-
आईपीएलमा शतक बनाउने चार र अन्तिम समयमा अभागी बनेका यी पाँच ब्याट्सम्यान
-
क्यानडाको लिबरल पार्टीले जित्यो चुनाव
-
‘बायोकम नेपाल’ले भन्यो– उद्योग बन्द भएको छैन