मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

‘फ्यामिली म्यान–३’ का अभिनेता मृत फेला

मङ्गलबार, १६ वैशाख २०८२, ११ : ४३
मङ्गलबार, १६ वैशाख २०८२

मुम्बई । चर्चित भारतीय वेबसिरिज फ्यामिली म्यानको सिजन ३ मा दमदार पात्रको भूमिका निभाइरहेका रोहित बासफोर मृत भेटिएका छन् । आइतबार साँझ उनी आफ्ना साथीहरूसँग आसामको गर्भाङ्गा जंगलमा घुम्न गएका थिए । त्यही उनको शङ्कास्पद मृत्यु भएको जनाइएको छ । 

 उनी आसामका बासिन्दा थिए र हालसालै उनी आफ्नो गृह नगर पुगेका थिए । मिडिया रिपोर्टहरूका अनुसार, रोहित आइतबार दिउँसो साथीहरूको समूहसँग बाहिर गएका थिए । उनी लगभग १२ः३० बजे घरबाट निस्किएका थिए । परिवारलाई उनले आफू छोटो यात्रामा जान लागेको बताएका पनि थिए ।

तर, रात पर्दा समेत उनी घर फर्किएनन् । परिवारले उनलाई सम्पर्क गर्न खोजे, तर सकेनन् । परिवारले उनी नभेटिएपछि एसडीआरएफलाई सम्पर्क गरे । उनीहरूले नै रोहित बास्फोरको शव फेला पारेका हुन् ।

 शव बरामद गरी अनुसन्धानको लागि पठाइएको छ । रोहितको शरीरमा धेरै चोटपटक भेटिएको प्रहरीले पुष्टि गरेको छ । गुवाहाटी मेडिकल कलेज अस्पतालमा गरिएको पोस्टमार्टममा उनको शरीरमा टाउको, अनुहार र अन्य भागहरूमा घाउहरू थिए । 

परिवारले रोहित बास्फोरको हत्या भएको आशंका गरेको छ । हालै रोहितको पार्किङको विषयमा विवाद भएको थियो । यस विवादमा रञ्जित बसफोर, अशोक बसफोर र धरम बसफोरले रोहितको ज्यान धरापमा रहेको चेतावनी दिएका थिए । परिवारले जिम मालिक अमरदीपको नाम पनि लिएको छ । यस जंगल यात्राका लागि रोहितलाई अमरदीपले नै निम्तो दिएका थिए । चारै जना अभियुक्त हाल फरार रहेको र घटनामाथि अनुसन्धान भइरहेको प्रहरीले भनेको छ ।  उनको आकस्मिक मृत्युले परिवार र आफन्त स्तब्ध छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप