मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

रुख काट्ने क्रममा च्यापिएर मृत्यु

मङ्गलबार, १६ वैशाख २०८२, ०९ : २२
मङ्गलबार, १६ वैशाख २०८२

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–३ देउजोरमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । 

स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा गए राति रुखले च्यापिएर इलामको इलाम नगरपालिका–९ का ४६ वर्षीय दिलकुमार लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनले  शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेको बताए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप