मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

जसपा नेपालको ओखलढुङ्गा जिल्ला अध्यक्षमा प्रकाश तामाङ निर्वाचित

मङ्गलबार, १६ वैशाख २०८२, ०८ : ०६
मङ्गलबार, १६ वैशाख २०८२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको ओखलढुङ्गा जिल्ला अधिवेशन सम्पन्न भएको छ । पार्टीको जिल्ला अधिवेशनबाट प्रकाश तामाङ सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् ।

समितिको उपाध्यक्षमा तीर्थ तामाङ, सचिवमा पासाङ निमा शेर्पा र उपसचिवमा चमर राई र निर्मल सुनुवार निर्वाचित भएको पूर्व जिल्ला अध्यक्ष समेत रहेका पार्टीका केन्द्रीय सदस्य खेमराज खड्काले जानकारी दिएका छन् ।

नवनिर्वाचित जिल्ला समिति २१ सदस्यीय रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप