मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ

मङ्गलबार, १६ वैशाख २०८२, ०७ : ०१
मङ्गलबार, १६ वैशाख २०८२

काठमाडौँ । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन थप बलियो बनाउन शिक्षकहरूलाई आग्रह गरेका छन् । गएराति सरकारसँग भएको वार्तामा कुनै सहमति नजुटेपछि उनले यस्तो आग्रह गरेका हुन् । 

'हाम्रो आन्दोलन जारी छ । आज पनि ठिक  ११:०० बजे माइतीघर मण्डला आउनुहोला । राज्य दिन चाहँदैन , आन्दोलन बिना केही पाईदैन । त्यसैले आन्दोलन  बलियो गराऔँ' उनले भनेका छन् । 

गएराति  शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल चले पनि कुनै निष्कर्षमा पुग्न नसकिएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप