कत्रो हुन्छ हाम्रो पेट ? कति खाने ?

काठमाडौँ । हामीमध्ये कतिपय घन्टा–घन्टामा केही न केही खाइरहेका हुन्छौँ । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ, हाम्रो पेटमा कति खाना अटाउँछ ? धेरैले आवश्यकताभन्दा बढी खाना पनि खाइरहेका हुन्छन् ।
तर यसो गर्दा समस्या आउन सक्छ । पेट ढुस्स हुने, फुल्ने वा अप्ठ्यारो भएको महसुस हुन्छ । यसो हुनुको एउटा प्रमुख कारण आवश्यकताभन्दा बढी खानु हो । हाम्रो पेट कत्रो हुन्छ ? हामीले कति खाने ? हाम्रो पेटको आकार कत्रो हुन्छ त ? यहाँ चर्चा गर्नेछौँ :
वयस्कको पेटको आकार
सामान्यतया एक वयस्क व्यक्तिको पेट क्षमता लगभग ३०० देखि ३५० मिलिलिटर (मिलि)को हुन्छ । यसको अर्थ, जब हामी खाना खान्छौँ, लगभग त्यति मात्रामा मात्र खाना पेटमा आरामसँग फिट हुन्छ । बच्चाहरूको पेट क्षमता वयस्कहरूको भन्दा कम हुन्छ । अर्थात् बच्चाहरूको पेटको आकार लगभग १५० देखि २०० मिलिलिटरको बिचको हुन्छ ।
छिट्टै पेट भरिएको संकेत
पेटको एउटा भागलाई फन्डस भनिन्छ । जब हामी खाना खान्छौं, यो भाग अलि खुकुलो हुन्छ, ताकि खाना भित्र जान सकोस् । तर यदि यो भागले राम्रोसँग काम गरेको छैन भने पेट चाँडै भरिन थाल्छ र व्यक्तिले थोरै मात्र खाएको भए पनि चाँडै पेट भरिएको महसुस गर्न थाल्छ ।
प्रत्येक व्यक्तिले कति खाना खानुपर्छ भन्ने कुरा उसलाई चाहिने ऊर्जा, शरीरको संरचना, उमेर र दैनिक गतिविधिले निर्भर गर्छ । जस्तैः खेलाडी वा कडा परिश्रम गर्ने व्यक्तिलाई बढी ऊर्जा चाहिने भएकोले उनीहरूले धेरै खाना खान सक्छन् ।
तर कार्यालयमा कुर्सीमा बसेर काम गर्ने व्यक्तिलाई कम क्यालोरी चाहिन्छ, त्यसैले उसको शरीरको माग पनि कम हुन सक्छ ।
त्यसो भए कति खाने ?
हामीले भोक लागेको भन्दा अलि कम खानुपर्छ । यदि तपाईं पूरै भोकाउनुभएको छ भने पनि ८०–९० प्रतिशत मात्रै अघाउने गरी खानुहोस् । यसले खानालाई राम्रोसँग पचाउन मद्दत गर्छ र शरीरमा कुनै दबाब पर्दैन । तर धेरै पटक खाइयो भने यसले पाचन प्रणालीलाई असर गर्न सक्छ ।
यदि पेटको आकार आवश्यकताभन्दा बढी बढ्यो भने बिस्तारै शरीरलाई यसको बानी पर्न थाल्छ र त्यसपछि धेरै खाने इच्छा हुन्छ, जसले मोटोपना र पेटसम्बन्धी रोगहरू निम्त्याउन सक्छ । त्यसैले सोचविचार गरेर खाना खानुपर्छ, बिस्तारै खाना खाने र पेट लगभग भरिन लागेको महसुस हुँदा रोकिनुपर्छ ।
अस्वीकरणः यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नुअघि आफ्नो चिकित्सकसँग परामर्श गर्नुहोला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘पिताम्बर’हेरेपछि चलचित्रकर्मीले गरे निर्देशक कृषाको तारिफ
-
मिथिलामा बटुवालाई सातु र सर्वतले स्वागत
-
ब्याट्सम्यानको खुट्टा भासिने पिचदेखि ६१ बलमा सकिएको ज्यानमारा टेस्टसम्म
-
प्रमुख तीन पार्टीमै संस्थापनविरुद्ध इतर पक्षको जितको सन्देश के ?
-
लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची