मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

गणेशजीको बार आज कुन राशिलाई कस्तो लाभ ?

मङ्गलबार, १६ वैशाख २०८२, ०५ : ४१
मङ्गलबार, १६ वैशाख २०८२

श्री गणेशाय नमः 
आज विक्रम संवत २०८२ साल वैसाख १६ गते, मंगलबार । ईश्वी सन् २०२५ अप्रिल २९ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४७ । वैसाख शुक्लपक्ष । तिथि–द्धितीया, ३७ घडी ५९ पला, बेलुकी ८ बजेर ४० मिनेट उप्रान्त तृतीया । नक्षत्र–कृतीका, ४१ घडी १८ पला, बेलुकी १० बजेर ० मिनेट उप्रान्त रोहिणी । योग–सौभाग्य, ३३ घडी ४० पला, बेलुकी ६ बजेर ५६ मिनेट उप्रान्त शोभन । करण–बालव, बिहान ९ बजेर ५० मिनेट उप्रान्त कौलव, बेलुकी ८ बजेर ४० मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–गद योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २८ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ३५ मिनेट । दिनमान ३२ घडी ४८ पला ।

आजको बार बेला   

  • बिहान ५ बजेर २८ मिनेटसम्म रोग बेला ।
  • बिहान ५ बजेर ३१ मिनेटदेखि बिहान ७ बजेर ७ मिनेटसम्म उद्धेग बेला ।
  • बिहान ७ बजेर ९ मिनेटदेखि बिहान ८ बजेर ४५ मिनेटसम्म चर बेला ।
  • बिहान ०९ बजेर ४७ मिनेटदेखि बिहान १० बजेर २४ मिनेटसम्म लाभ बेला ।
  • बिहान १० बजेर २५ मिनेटदेखि बिहान १२ बजेर २ मिनेटसम्म अमृत बेला ।
  • मध्यान्ह १२ बजेर ३ मिनेटदेखि दिउँसो १ बजेर ४० मिनेटसम्म काल बेला ।
  • दिउँसो १ बजेर ४१  मिनेटदेखि दिउँसो ३ बजेर १९ मिनेटसम्म शुभ बेला ।
  • दिउँसो ४  बजेर १९ मिनेटदेखि बेलुकी ४ बजेर ५७ मिनेटसम्म रोग बेला ।
  • बेलुकी ४ बजेर ५७ मिनेटदेखि बेलुकी ७ बजेर ५७ मिनेटसम्म काल बेला ।

नोट :  शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
दिउँसो ३ बजेर १८ मिनेटदेखि बेलुकी ४ बजेर ५७ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहुर्त
बिहान ३ बजेर ५३ मिनेटदेखि बिहान ४ बजेर ४१ मिनेटसम्म ब्रहा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ । थोरै बोलेर वा बोलीकै माध्ययमबाट धेरै कामहरु गर्न सकिनेछ । धातु तथा खनिज पदार्थसँग सम्बन्धित व्यवसायबाट लाभ लिन सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने बौद्धिकताको प्रयोग गरी धन तथा सम्पत्ति संग्रह गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । पारिवारिक वातावरणमा रमाउदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । समाजसेवामा समय दिन सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइ लेखाइमा मन जाने छैन भने वित्तीय क्षेत्रसँग सम्बन्धित व्यवसायमा मन्दी आउनेछ । प्रेममा धोका हुनेछ भने जीवन साथीसँग मनमुटाव बढ्ने योग रहेकोछ । कल्पना तथा भावनामा बग्नाले काम गर्न मन लाग्ने छैन । परिवार तथा आफन्तले गलत आरोप लगाउन सक्छन्, ध्यान दिनुहोला । र, पनि लामो दुरीको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समयमा अर्थ संग्रह गर्न सकिने हुुँदा तथा आर्थिक अवस्था राम्रो रहने हुँदा अर्थ व्यापारमा लगानी गर्न सकिनेछ । आफ्ना भन्नेहरुले सहयोग गर्ने तथा दाजुभाइको समर्थनमा राम्रा काम गर्न सकिनेछ । वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट राम्रै आम्दानी हुनेछ । बुबा वा बुबा सरहका मानिसबाट मनग्गे आर्थिक लाभ लिन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुने समय रहेकोछ ।
 
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कर्मक्षेत्रमा राम्रो काम गरी नाम कमाउन सकिनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने आर्थिक अवस्था मजबुत हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा ईज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोजगार पाइने समय रहेकोछ भने गरिरहेको काममा बढोत्तरीको प्रशस्त सम्भावना रहेकोछ । तपाईंको शालिन स्वाभावदेखि सबै मोहीत हुनेछन् । प्रेममा खुलेर रमाउने समय रहेकोछ ।
 
कन्या
(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भाग्य तथा समयले साथ दिने हुदा आटेको तथा ताकेको काम सजिलै बन्नेछन् । सामाजिक तथा सरकारी क्षेत्रमा रहेर जनतको काम गर्ने अवसर प्राप्त हुनेछ । खोज मुलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुची बढ्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि दिन राम्रो रहेकोछ । शिक्षा तथा धार्मिक क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने धार्मिक यात्रा हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा दिदिबहिनीसँग साना कुरामा राय बाझिनेछ भने घमण्ड गर्ने बानीले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलीमा रुखोपना बढी आउने हुँदा आफन्त तथा साथीभाइहरु टाडिनेछन् । भौतिक सम्पत्ति प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाको सामना गर्नु पर्नेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । र, पनि नसोचेको धन तथा सम्पत्ति प्रयोग गर्न पाइने हुँदा मन प्रशन्न रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  व्यवसाय वा शेयरबजारमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठीक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्रपंतिमा तपाईंको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले शरीरमा एक किसिमको  उमङग आउनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सन्तान तथा छोरा छोरीको प्रगति देख्न पाइनेछ ।अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकाले भनेजस्तोे उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानीको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानी गर्न सकिनेछ । काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपहार तथा विलाशी वस्तु प्राप्तीको योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) भौतिक सम्पत्ति तथा विलाशी वस्तुको व्यापार कमै हुनेछ भने कृषि तथा पशुपालन व्यवासाय फस्टाएर जानेछ । आमा तथा आफन्तसँग सानो सानो कुरामा मनमुटाब बढ्ने तथा टाडिएर टाडाको यात्राको तय गर्नु पर्नेछ । पढाइ लेखाइमा मन नजाने तथा खोजमुलक क्षेत्रको कामहरु थाती रहनेछन् । राजनीति तथा समाजसेविहरुले समाजमा काम देखाउन नसक्दा विश्वास जित्न अलि बढी नै समय खर्चनु पर्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाई तथा छिमेकी हरुसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेकोछ । उद्योग तथा शेयरबजारमा लगानी बढाई भनेजस्तो रुपैया पैसा कमाउन सकिनेछ । छोटो तथा रमाइलो यात्रा गरी सकारात्मक नतिजा हात लगाउन सकिनेछ ।

तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप